एन्फा लीग स्याङ्जा को उपाधी होराइजनलाइ ।
भवानी अधिकारी/स्याङ्जा :
एन्फा स्याङ्जाद्धारा आयोजित क्लव स्तरीय जिल्ला लिग फूटवल प्रतियोगिताको उपाधी होराइजन क्लव भुम्रेले हात पारेको छ । पुतलीबजार नगरपालिका १३ स्थित मातृभूमि खेलमैदानमा मंगलबार भएको प्रतियोगितामा होराइजनले सहआयोजक स्मृती क्लवलाई ९ का बिरुद्ध १ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै पेनाल्टी मार्फत १ गोल गरेको स्मृतीलाई होराइजनले ३ गोल गरेको थियो । त्यसपछिको दोश्रो हाफ खेलमा लगातार ६ गोल गरेर होराइजनले फराकिलो अन्तरले बिजयी भएको एन्फा सदस्य महादेव श्रेष्ठले जानकारी दिनुभयो ।
बिजयी भएसंगै होराजनले नगद २५ हजार सहित मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता स्मृतिले १५ हजारमा चित्त बुझाउन बाध्य भएको छ ।
स्याङ्जा जिल्ला फुटवल संघ एन्फाको आयोजना र स्मृती क्लवको सहआयोजनामा झण्डै २ सातासम्म संचालित लीग प्रतियोगितामा जिल्लाभरबाट १३ क्लव सहभागि थिए । उपाधी जितेसंगै होराइजनले अव प्रदेश स्तरीय लीग प्रतियोगितामा सहभागी हुने अवसर पाएको छ ।
समापनमा बोल्दै नगरप्रमुख सीमा क्षेत्री, एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंह, उपप्रमुख महेश पुरी, प्रवक्ता ख्यामनारायण अधिकारी, एन्फा स्याङ्जाका अध्यक्षता मुक्त राना, महासचिव भिमप्रसाद पंगेनी लगायतले फूटवल प्रतियोगिताका आवश्यकता बारेमा जानकारी गराउनुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


