आचार्य बालकृष्ण अस्पतालबाट डिस्चार्ज ।
नयाँ दिल्ली : पतञ्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्ण अस्पतालबाट डिस्चार्ज भएका छन्। योग गुरु बाबा रामदेवले ट्विट गरेर आचार्य बालकृष्ण पूर्ण रुपमा स्वस्थ्य रहेको बताएका छन्।

आचार्य शुक्रवार देखि अस्पताल भर्ना भएका थिए । रिंगटा लागेर अचानक बेहोस भएपछि बालकृष्णलाइ अस्पताल पुर्याइएको थियो। उनलाई बेहोसीको हालतमा साँझ ४ बजेर ४५ मिनेटमा अस्पताल पुर्याइएको आचार्यलाई आइसीयूमा राखेर उपचार गरिएको थियो। अस्पताल पुर्याउँदा उनी कसैलाइ चिन्ने र बोल्न सक्ने अवस्थामा थिएनन्।
४७ वर्षीय आचार्यको अन्य जाँच र एमआरआईको रिपोर्ट सामान्य रहेको अस्पतालाका चिकित्सकले जानकारी दिएका थिए। उनलाई मुटु र मस्तिष्क सम्बन्धी कुनै समस्या नरहेको पनि अस्पतालले जारी गरेको मेडिकल रिपोर्टमा भनिएको पारेको थियो।
अस्पतालमा बाबा रामदेवले मिडियालाई दिएको जानकारी अनुसार आचार्यका एक भक्तले उनलाई प्रसादको रुपमा मिठाइ खान दिएको र खाएको १५ मिनेटमा रिंगटा लागेर बेहोस भएका थिए। पतञ्जली योगपीठका महामन्त्री तथा बाबा रामदेवका सहयोगी आचार्य हरिद्धारस्थित आफ्नै कार्यालयमा बेहोस भएका थिए।
नेपाली मूलका भारतीय बालकृष्णको नाम फोर्ब्र्सको भारतका अर्बपतिको सूचिमा पनि आइसकेको छ। उनी नेपालको स्याङ्जामा जन्मेका हुन्। आजको अन्नपूर्णपोष्टमा समाचार छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


