भीरकोटमा आमा समुहले बनायो सामुदायिक भवन ।

आँधीखोला खवर/भीरकोट :
भीरकोट नगरपालिका ६ मा आमा समुहले सामुदायिक भवनको निर्माण गरेका छन् । स्थानीय जनजागरण आमा समुहले सामुदायिक भवनको निर्माण गरेका हुन् । दुई तलाको रहेको भवन निर्माण सम्पन्न भएपछि स्थानीयलाई विभिन्न सभा समारोह तथा सेमिनार गर्नका लागि सहजता मिलेको छ ।
भवन ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । भवनको उद्दघाटन गर्दै भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अव विभिन्न समुहलाई सहकारीमा परिणत गरी उत्पादनतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
महिलाहरुलाई उद्यमशीलता बनाउनका लागी विभिन्न सिपमुलक तालिम र आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरी आर्थिक रुपमा महिलाहरुलाई सक्षम बनाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो । साथै मन्त्री अर्यालले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थकता प्रदान गर्न कृषि क्रान्तीको आवश्यकतामा जोड दिनुभएको छ ।
कार्यक्रममा विधायन समितिका सभापति मोहन रेग्मी, पुर्व सांसद टेकू नेपाली, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, विरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा, भीरकोट नगरउपप्रमुख सिमा केसी कर्माचार्य, वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ६ का अध्यक्ष लक्ष्मण खत्रि, आँधीखोला टोलविकास संस्थाका अध्यक्ष दिपक कोईरालालगायतले बोल्नुभएको थियो । समुहकी अध्यक्ष लिलावती केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सुमिता पोख्रेल कोईराला र सञ्चालन नारायण अर्यालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP