बिकाशको बिश्लेषण सतही रुपमा नगरौँ : आँधीखोला गाँउपालिका अध्यक्ष पौडेल ।

सुशील सुबेदी /स्याङजा :
स्थानिय सरकारको कामको बिश्लेशण सतहीमा गर्न नहुने आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनु भएको छ । स्थानिय सरकार कुनै जादुको छडी नभएको बताउँदै जनताले बिरोध गर्दै यो किन भएन भन्नु भन्दा कति काम भयो भन्ने बिषय बिश्लेशण गर्न आबाश्यक रहेको पौडेलेले स्पष्ट पार्नु भयो ।

आँधिखोला गाउँपालिकाले आयोजना गरेको आ.ब ७५/७६ अन्तर्गतको तेस्रो चौमासिक सार्बजनिक सुनुवाईमा बोल्दै पौडेलले आँधिखोलाको काम धेरै उदहारणीय भएको जानकारी दिनुभयो ।
श्रवण कुमार जेष्ठ नागरिक स्वास्थ्य गाउँघर क्लिनिक ,स्थानिय उत्पादनलाइै प्रोत्साहित गर्न प्रादेशिक राजधानी पोखरामा कृषी उपज संकलन केन्द«को स्थापना , सबै स्वास्थ्य संस्थामा तथा बिद्यालयमा सोलार बत्ती जडान पालिकाको नमुना कार्य भएको पौडेलले बताउनु भयो ।
बिकाश निर्माण तर्फ पर्बत र स्याङजा दुई जिल्ला जोड्ने सडक नागडाँडा —कार्कीनेटा खण्ड , निर्माण अबधी भन्दा पहिले नै पुलको सम्पन्न , अन्धा—अन्धी श्रेत्रमा पुराना पोखरीको पुन उत्खनन् तथा संरक्षण जस्ता कार्य नमुना रहेको उहाँको भनाई छ ।

पौडेलले भन्नुभयोे , ‘बिकाश अहिले भर्खर परिणाममा होईन , नतिजा सुधार उन्मुख छ कि छैन जनताले बिश्लेशण गर्न आबाश्यक छ । अझै ३ बर्ष भित्र आँधिखोला नमुना बन्नेछ । ’
न्यायीक समितीमा पनि आब ७५/७६ मा २३ मध्ये २० मुद्धा मेलमिलाप बाट समाधान गरिएको उपाध्यक्ष शर्मिला पौडेलले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत उज्जवल भुषालले आँधिखोला गाउँपालिकाले सुचनाको हक प्रदान गर्दै जनता र स्थानिय सरकारबिचको दोहोरो संबाद हुने सार्बजनिक सुनुवाईले पारदर्शीता झल्काएको बताउनु भयो ।
ने.क.पा को तर्फबाट शोभाखर ढकाल , नेपाली काँग्रेसको तर्फबाट प्रदीप पौडेल , समाजबादी पार्टीको तर्फबाट ख्यामनारायण ढकाल, गैर सहकारी संघ स्याङजाका अध्यक्ष कमल पौडेल लगायतले गाउँपालिकाले सबैलाई समेटेर लानुपर्ने सुझाब दिएका थिए ।
संचारकर्मी सुशिल सुबेदीले संचालन गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष शर्मिला पौडेलले गर्नु भयो ।
प्रथम चौमासिक वडा नं १ पंचमुल , दोस्रो चौमासिक वडा नं ४ वाङसिङ र तेस्रो चौमासिक सार्बजनिक सुनुवाई वडा नं ५ कृषीमा सम्पन्न गरिएको हो । गोल्डेन ब्रोडकास्टिङ मिडीयाले संयोजन गरेको उक्त पालिकाका ३०० बढी सहभागीता रहेको थियो ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…