स्याङजाकाे स्वरेकमा एम्वुलेन्स सञ्चालन, स्थानीयलाई सहज
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्स सेवा प्रभावकारी बनेको छ ।
नुमना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारले संयुक्त रुपमा संचालनमा ल्याएको एम्वुलेन्स सेवाका कारण स्थानीयलाई सहज भएको हो ।

सञ्चालनमा आएको एक बर्षमा एक सय भन्दा बढि विरामीलाई सेवादिएको एम्वुलेन्सका चालक ठाकुरप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
स्वरेक पर्यटकीय क्षेत्र हुदा पनि एम्वुलेन्स नहुदा राम्रो सन्देश नजाने भन्दै स्वरेकमा जन्म घर भएका, विभिन्न क्षेत्रका सहयोगहरुको आर्थिक सहयोगबाट एम्वुलेन्स खरिद संगै सञ्चालनमा ल्याएको एम्वुलेन्स सञ्चालन अभियानका संयोजक भेषराज पराजुलीले जानकारी दिनुभयो ।
अभियानका सह संयोजक जीवन पौडेलले सकभर कोही विरामी नहुन विरामी भईहालेमा अस्पतालसम्म पुग्न एम्वुलेन्सको प्रयोग गर्न सुझाव दिनुभयो ।
नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले एम्वुलेन्स भनेको जुनसुक्कै बेलापनि आबश्यक पर्न सक्ने भएको उल्लेख गर्नुभयो । उहाँले एम्वुलेन्सको चालकको मोवाइल नम्बर ९८६२३ ९१९९९ मा सम्पर्क गरी एम्बुलेन्स सेवा लिन सकिने बताउनुभयो ।
समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनीका अनुसार चालक स्वयं सामाजिक भावना भएको व्यक्ति भएकाले एम्वुलेन्सको जिम्मा नै चालकलाई दिइएको छ ।
नमुना स्वरेक सामाजिक कोष कतारका अध्यक्ष महेन्द्र पाण्डेयले आफुहरुले आर्थिक सयहोग गरेको एम्वुलेन्स आफु नेपाल आउदा विरामीलाई सेवा दिदै गुडेको देख्दा खुशी लागेको बताउनुभयो ।
चालक ठाकुरप्रसाद पंगेनीले बाटोको कारण गतबर्ष केही विरामीहरुलाई सेवा दिन नसके पनि यस बर्ष भने खबर आएको ठाउँमा गएर सेवा दिएका जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


