फेदीखोलाको युवा उद्यम अभियान,स्याङ्जाका सफल उद्यमीसँग पालिकावासी युवाको अन्तरक्रिया ।


आँधीखोला खवर/फेदीखोला :
युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले जिल्लाका सफल पाँच युवा उद्यमीसँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर स्याङ्जाको वालिङमा झण्डै ४ करोडको लगानीमा बंगुर फारम चलाउँदै आएका भिम लुँइटेल, पुख्र्यौली पेशाबाट अलग भई पाउरोटी उद्योग चलाउँदै आएका सुन्दर श्रेष्ठ, प्राध्यापन पेशा छोडेर कृषि फार्म चलाउँदै आएका सरोज भुजेलले कार्यक्रममा आफ्नो व्यवसायिक अनुभव तथा उतारचढाव आदानप्रदान गरेका हुन् ।
त्यसैगरि गण्डकी प्रदेशका पहिलो स्प्रिङ वाटर उद्योगी तथा गाउँपालिका सदस्य रामकाजी गुरुङ तथा करोडौंको लगानीमा पोल्ट्री सप्यालर्स चलाउँदै आएका इश्वर अधिकारीले पनि आफ्नो व्यवशायीक यात्राका बारेमा जानकारी गराएकाहुन् ।

आफ्नो अनुभव आदानप्रदान गर्दै व्यवसायी लुइटेलले उद्यमी बन्न सहज भएपनि सफल उद्यमीको दर्जामा उभ्याउन मेहनत र दृढ संकल्प चाहिने बताउनु भयो । आफूले साझेदारीमा ४ लाख लगानीबाट सुरु गरेको फारममा अहिले झण्डै ४ करोडको लगानी गर्न सफल भएको उहाँले बताउनुभयो । सुरुवाती क्षणमा ब्राह्मणले बंगुर पाल्ने भनेर हिनताबोध प्रकट गर्ने मान्छेले अहिले आफ्नो सफलताको चर्चा गर्दा गर्व लाग्ने बताउनु भयो । उहाँका अनुसार अहिले स्याङ्जाको वालिङमा मात्र १ करोड बंगुरको मासुको माग छ । अर्का उद्यमी सुन्दर श्रेष्ठले व्यवसायीलाई स्थानीय तथा केन्द्र सरकारले प्राथमिकता दिई प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो । अष्टे«लियामा स्नातकत्तोर डिग्री हासिल गरेका सुरज भुजेलले आफ्नो देशमा नै केही गर्ने चाहना र उद्देश्यले आफूलाई सफलता दिलाएको बताउनु भयो । प्राध्यापन पेशा छोडेर कृषि व्यवसायमा होमिएका भुजेलले युवाहरुले आलोचक मात्र हैन पथप्रर्दशक बन्नु पर्ने बताउनु भयो ।
फेदीखोला कै वार्ड नं २ खड्केटारी निवासी, हाल पोखरामा पोल्ट्री व्यवसाय गर्दै आएका उद्यमी इश्वर अधिकारीले उद्योगको स्थापनाकालमा ज्ञान, तालिमको अभाव रहेकोमा वर्तमान पुस्ताले सो समस्या झेल्नु पर्ने नपरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले समृद्ध गाउँपालिकाको आधार युवा उद्यमशिलता भएकाले गाउँपालिकाले स्थापनाकाल देखि नै विविध युवा उद्यम लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनु भयो । उहाँले युवा उद्यमीलाई प्रोत्साहन गर्न विना व्याजमा ५ वटा समुहलाई आर्थिक सहायता प्रदान गरिएको जानकारी दिनुभयो । युवामैत्री गाउँपालिका बनाउन युवालाई लक्षित गरि एक गाउँ एक उत्पादन अवधारणालाई अगाढि बढाइएको अध्यक्ष सुवेदीको भनाई थियो । त्यसैगरि भाटखोलामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको सुवेदीले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले उद्यमीहरुको व्यवसायिक उतारचढावको अनुभव आफूहरुलाई प्रेरणादायी भएको बताए । साथै गाउँपालिकाले नव उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, उपाध्यक्ष देवी थापा, शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङ तथा वडाअध्यक्षहरुको सहभागिता रहेको संयोजक सुजन पोखे्रलले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालल सुवास मल्लले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…