युवा क्लवहरुको सक्रियतामा मिर्गौला पिडित गुरुङलाई ७० हजार सहयोग ।

आँधीखोला खवर/भीरकोट :
दुवै मिर्गौलाले काम नगरेपछि विगत दुई बर्ष देखि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारत लीलबहादुर गुरुङ्गलाई आर्थिक सहयोग प्रदान गरिएको छ । स्याङ्गजाको भीरकोट नगरपालिका वाड नम्बर ९ पन्चासेका ३३ बर्षीय लिलबहादुर गुरुङ्गलाई नगत ७० हजार प्रदान गरिएको हो ।
पतलादेवीयुवा क्लब भीरकोट ८ पखेरेका युवा क्लबको संयोजकत्वमा आयोजना गरिएको मिर्गौला पिडित लिलबहादुर गुरुङ्ग बचाउ अभियानमा नमुना युवाक्लब रिप र नवप्रभात युवाक्लब चिलाउनेखर्कले सहयोग गरेको हो ।
दुइबर्ष देखि प्रत्येक महिना डाइलसिस गर्दा अहिले सम्म सोह्र लाखभन्दा बढी रकमखर्च भै सकेको पिडितकी श्रीमती अनु गुरुङ्गले बताउनु भयो । ’ यसरी डाइलसिस गरि रहँदा भोलि मेरो श्रीमानबाँच्ने वा नबाँच्ने निश्छित छैन, अझै कति पैसा खर्च हुने त्यो पनिथाहा छैन त्यसैले मिर्गौला प्रत्यारोपण गर्न चाहान्छु’ उहाँले भन्नुभयो
पखेरे, चिलाउनेखर्क र रिपमा आयोजना गरिएको बचाउ अभियान बाट संकलित कुल रकम ७० हजार रुपैयाँ लिलबहादुर निवासमा नै पुगेर हस्तान्तण गरिएको हो ।
यो रकम तिनगाउँ बाट मात्रै संकलनगरिएको हो । कार्यक्रममा बोल्दै नवप्रभात युवाक्लबका पूर्व अध्यक्ष प्रसुन मगरले मिर्गौला प्रत्यारोपणका लागि तिनै वटा क्लब सदैब तात्पर्य रहेको बताउदै आर्थिक संकलनका लागि देश विदेशमा आव्ह्वान गर्ने तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मिर्गौला पिडत लिल वहादुर गुरुङ्को रोग निको पार्न सहयोग गर्ने बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


