विशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविर गल्याङमा सम्पन्न ।

आँधीखोला खवर/गल्याङ :
स्याङजाको गल्याङ नगरपालिका – ३ गल्याङ बजारमा भएको विशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविरमा १४४ महिला र ७६ पुरुष गरि २२० जनाले सेवा लिएका छन् । “स्वस्थ जीवन” अभियान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय पोखराको आयोजनामा भएको विशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविरमा २२० जनाले सेवा लिएका हुन् । गल्याङ बहुमुखी क्याम्पसमा भएको शिविरमा स्वास्थ्य गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका डा. काशी खतिवडा, जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका सुजता शर्मा, बेगनास आयुर्बेद पोखराका रामकृष्ण भुजेल, न्युरो एक्युपञ्चरिष्ट कमल शर्मा लगायतको टोलीले विरामीलाई सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा विरामीको स्वास्थ्य परीक्षण पश्चात निशुल्क औषधी वितरण समेत गरिएको छ । स्वस्थ जीवन कार्यक्रम प्रदेश सरकारले निशुल्क रुपमा उपलब्ध गराएको शिविरबाट सेवा लिन पाउँदा विरामीहरु खुशी भएका छन् ।
यसैबीच : गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय पोखराको आयोजनामा भएको बृहत निशुल्क योग शिविर शुक्रवार सम्पन्न भएको छ । “स्वस्थ जीवन” अभियान कार्यक्रम अन्तरगत निशुल्क योग शिविर र विशेषज्ञ आयुर्बेद स्वास्थ्य शिविर गल्याङमा आयोजना गरिएको हो । तिन दिन सम्म सञ्चालन भएको शिविरमा डा.योगी विकासानन्द जीले प्रशिक्षण गर्नुभएको थियो ।
यस्तै मन्त्रालयका कार्यक्रम संयोजक नविन किरण भुषालले नसर्ने रोगबाट ज्यान गुमाउनेको संख्या बढ्दै गईरहेकाले यस्तो समस्या समधानलाई योग शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले गल्याङबासीको साथ सहयोगले कार्यक्रम सफल भएको भन्दै धन्यवाद ज्ञापन गर्दे जीवनशैली व्यवस्थापन गर्न योग नै उत्तम भएको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


