विश्वकप क्रिकेटः श्रीलंकालाई सेमिफाइनलको झिनो आश, वेष्ट इण्डिजलाई प्रतिष्ठाको चिन्ता


आईसीसी एकदिवशीय विश्वकपमा साेमबार श्रीलंका र वेष्ट इण्डिज आमने सामने हुँदैछन् । वेष्ट इण्डिज यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ भने श्रीलंकाको सेमिफाइनल प्रवेशको झिनो आशा बाँकी छ ।सोमबार चेस्टर ली-स्ट्रिटमा हुने यो खेल नेपाली समय अनुसार सवा ३ बजेदेखि सुरु हुनेछ । इंग्ल्याण्डलाई २० रनले पराजित गरेसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको श्रीलंकाले पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो । ७ खेलबाट ६ अंक जोडेको श्रीलंकाले बाँकी दुवै खेलमा जित हासिल गरेरमात्र हुँदैन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंकाली ब्याटिङक्रम ध्वस्त भएको थियो । जितका लागि उसले ब्याटिङमा मुख्य सुधार गर्नुपर्नेछ । पहिलो खेलमा पाकिस्तानलाई हराएर विश्वकपमा सानदार सुरुवात गरेको वेष्ट इण्डिजले भने त्यसयता कुनै खेल जित्न सकेको छैन । उत्कृष्ट खेलाडीले भरिएर पनि उसको तालमेल मिलिरहेको छैन । दबाबमुक्त खेलमा वेष्ट इण्डिजले श्रीलंकाली अभियानमा भाँजो हाल्ने प्रयास भर्ने निश्चित रुपमा गर्नेछ । (उज्यालो)
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…