विश्वकप क्रिकेटः श्रीलंकालाई सेमिफाइनलको झिनो आश, वेष्ट इण्डिजलाई प्रतिष्ठाको चिन्ता

आईसीसी एकदिवशीय विश्वकपमा साेमबार श्रीलंका र वेष्ट इण्डिज आमने सामने हुँदैछन् । वेष्ट इण्डिज यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ भने श्रीलंकाको सेमिफाइनल प्रवेशको झिनो आशा बाँकी छ ।सोमबार चेस्टर ली-स्ट्रिटमा हुने यो खेल नेपाली समय अनुसार सवा ३ बजेदेखि सुरु हुनेछ । इंग्ल्याण्डलाई २० रनले पराजित गरेसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको श्रीलंकाले पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो । ७ खेलबाट ६ अंक जोडेको श्रीलंकाले बाँकी दुवै खेलमा जित हासिल गरेरमात्र हुँदैन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंकाली ब्याटिङक्रम ध्वस्त भएको थियो । जितका लागि उसले ब्याटिङमा मुख्य सुधार गर्नुपर्नेछ । पहिलो खेलमा पाकिस्तानलाई हराएर विश्वकपमा सानदार सुरुवात गरेको वेष्ट इण्डिजले भने त्यसयता कुनै खेल जित्न सकेको छैन । उत्कृष्ट खेलाडीले भरिएर पनि उसको तालमेल मिलिरहेको छैन । दबाबमुक्त खेलमा वेष्ट इण्डिजले श्रीलंकाली अभियानमा भाँजो हाल्ने प्रयास भर्ने निश्चित रुपमा गर्नेछ । (उज्यालो)
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


