वालिङ उद्योग बाणिज्य संघले आफ्नो गतिविधिलाई प्रभावकारी बनाउने ।

आँधीखोला खवर/वालिङ :
वालिङ उद्योग वाणिज्य संघले आफ्नो गतिविधिहरुलाई प्रभावकारी बनाउने भएको छ । संघको १३ औ वैठकले नगर क्षेत्रका व्यवशायीहरुको समग्र हितलाई ध्यानमा राखी विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको हो ।
वैठकले ११ वटा बिषयगत उपसमितिहरु गठन गरी कार्यविभाजन समेत गरेको छ । जस अन्तर्गत अनुगमन, समन्वय, विधान संशोधन तथा नीति निर्माण उपसमिति, व्यवसायिक हितकोष प्रबद्र्धन, परिचालन तथा संरक्षण उपसमिति, वालिङमा विभिन्न सरकारी कार्यालय स्थापना पहल उपसमिति, सामाजिक संघसंस्था समन्वय उपसमिति, बहुउद्देश्यीय सामुदायिक सभाहल निर्माण उपसमिति, सचिवालय, सुचना केन्द्र व्यवस्थापन तथा प्रकाशन उपसमिति, सदस्यता विस्तार तथा प्रचार प्रसार उपसमिति, आर्थिक स्रोत व्यवस्थापन तथा बैंक वित्तीय संस्था समन्वय उपसमिति, बजार व्यवस्थापन उपसमिति, कृषि तथा पर्यटन प्रबद्र्धन उपसमिति, तालिम गोष्ठी, घरेलु उद्योग प्रबद्र्धन तथा महिला समन्वय उपसमिति रहेका वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
नेपाल सरकारले हाल व्यवस्था गरेका कर तथा राजश्व नीतिहरुको बारेमा जानकारी गराउनका संघले रामबाच्छा, मिर्दि, संघको सचिवालय, भूम्रे भकुण्डे र बाँयटारीमा आगामी श्रावण १७, १८ र १९ गते टोलभेला गर्ने निर्णय गरेको छ । वालिङ उद्योग वाणिज्य संघमा व्यवसाय सेवा केन्द्र स्थापना गर्ने, वालिङ नगरपालिकामा व्यवसाय करमा साझेदारीको निरन्तरता दिनका लागि पहल गर्ने, बजार क्षेत्रमा जडित सीसीटीभी क्यामेरा मर्मत तथा सञ्चालन गर्ने, बहुउद्देश्यीय सामुदायिक सभाहलको निर्माणको कामलाई निरन्तरता दिने, वालिङ बहुमुखी क्याम्पस प्राङ्गणमा मोटरसाईकल पार्किङ शेडको निर्माण सौजन्य गर्ने, उद्योग वाणिज्य संघका कार्यसमिति एवम् कर्मचारीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि छिमेकी उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण गर्ने निर्णय गरेको अधयक्ष पौडेलले जानकारी दिनुभयो ।
यसैवीच संघको १६ औं साधारणसभा आगामी भदौ २१ गते वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सामुदायिक सभाहलमा गर्ने निर्णय गरिएको संघले जनाएको छ । वैठक संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा बसेको थियो ।

Facebook Comments Box
TOP