स्याङजाको भीरकोटमा भेडा पालन किसानलाई प्रजन्न योग्य भेडाको थुमा वितरण ।
एशिव शरण महत / भीरकोट :
भेडा भन्ने वित्तीकै लेखमा चिसो हुने ठाँउमा पाल्ने गरीन्छ भन्ने धेरैको धारणा छ , अहिले भने त्यस्तो अवस्था छैन । भीरकोट नगरपालिका वडा न ५, ६ र २ वडामा ७ जना कृषकहरुले व्यवसायीक रुपमा भेडा पालन गर्दै आएका छन् । भेडा पाल्ने प्रचलन लोभ हुदै गएका वेला भीरकोट नगरपालिकाले सफल भेडा व्यवसायिक कृषकहरुलाई प्रोत्साहन स्वरुप ७ जना कृषकलाई औषधी सहित ७ वटा प्रजन्न योग्य भेडाको थुमा वितरण गरीएको छ ।
वितरण कार्यक्रममा भीरकोट नगरपालिकाका उप प्रमुख सिमा केसी कर्मार्चायले भेडाको माशु स्वास्थ्यको लागी अत्यन्तै गुणस्तरीय र खाद्य पर्दाथ पाईने भएकाले स्थानीय जातको कागे भेडाको मासु सेवन गर्नको लागी सेवाग्राहीहरुलाई जनचेतना फैलाउन पर्ने बताउनुभयो । उहाले देश भरी भेडा पालन मध्ये उत्कृष्ट र राम्रो जातको स्थानीय कागे भेडा भीरकोटमा उत्पादन हुनुले भेडा पालक कृषकहरुले सजिलै रुपमा आफ्नो आर्थिक अवस्था मजवुत गरी भीरकोटलाई समृद्ध वनाउन टेवा पुग्ने वताउनु भयो । मानिसको स्वास्थ्यलाई स्थानीय कागे जातको भेडाको माशुले अत्यन्तै पौष्टिक तत्व प्रदान गर्ने भएकाले यस्को उत्पादनमा वृद्धी ल्याउनको लागी यूवा वर्गलाई समेटी भेडा पालन गर्ने वातावरण नगरपालिकाले सिर्जना गरी भीरकोटमा कागे जातको भेडाको हव गराई निर्यात गर्ने गरी व्यवसाय संचालनमा ल्याउने जानकारी दिनुभयो ।
विगतका वर्ष देखीनै भीरकोटका कृषकहरुले भेडा पाल्दै आएता पनि कुन जातको र कसरी पाल्न पर्छ भन्ने ज्ञान त्यती नरहेको भन्दै पशु शाखा प्रमुख शुसील अर्यालले भीरकोटमा स्थानीय जातको कागे भेडा प्रशस्त्र मात्रामा उत्पादन हुने वातावरण रहेकाले आधुनीक तवरले व्यवसायीक भेडा पालन तर्फ नगरपालिकाले कृषकहरुलाई तालिम प्रदान गरी कागेजातको भेडाको प्रर्वद्धन र संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो ।
भीरकोट नगरपालिकाका पशु शाखा प्रमुख शुसिल अर्यालको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको संचालन नगर प्रमुखका स्वकीय सचिव नन्दलाल खनाल र स्वागत पशु प्रविधिक थान प्र्रसाद तिवारीले गर्नुभएको थियो ।
हिन्दुहरुले भेडालाई विभिन्न धार्मीक पूजाआजामा पवित्र वलीको रुपमा देवी देउतालाई चढाउने प्रचलन रहेको र विरामी र निरोगी दुवैलाई फाइदा जनक मासु भएकाले स्थानीय कागे जातको भेडाको व्यवसाय राम्रो मानिन्छ । बाख्राको तुलनामा भेडाको बजारीकरणका लागि समस्या भएका कारण पनि पछिल्ला पुस्ताहरु भेडा पालन व्यवसायमा चासो नदिएको अवस्था छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…