विकासमा गति लिदै भीरकोट नगरपालिका, फोहोर संकलन केन्द्र र पार्क निर्माण हुदै ।
प्रकाश डोटेल /स्याङ्जा :
स्थानीय तह निर्माणसंगै कर, सेवा शुल्क र अनेक बहानामा अतिरिक्त शुल्क लागेपछि संघीयता प्रति नकारात्मक बनेको समाजमा स्याङ्जाको भीरकोट नगरपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनमा लोकप्रिय बन्दै गएको छ । नगरपालिका घोषणा भएपछि भएका विकास निर्माणका कामले भीरकोट नगरवासी उत्साहित भएकाहुन् ।
नगरपालिकाले करिब ४० लाखको लागतमा फोहोर संकलन केन्द्र र ६० लाखको लागतमा पार्क निर्माण गर्ने भएको छ । संकलन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ, भने पार्क निर्माणको तयारीमा छ । झण्डै तीन महिना भित्र पार्क संचालनमा ल्याउने गरी काम गर्ने अन्तिम तयारी गरिएको छ ।
“बजार क्षेत्रमा संकलित फोहोरलाई केन्द्रमा ल्याएर वर्गिकरण गरेर बिक्री गर्ने योजनामा बनाएका छौं ।” नगर प्रमुख छायाँराम खनालले भन्नुभयो, “फोहोरलाई कुहिने र नकुहिने तथा बिक्री हुने र नहुने गरी छुट्टाएर व्यवस्थित गर्न लागिएको छ ।” नगरपालिकाले विगतमा फोहोर बिक्री गरेर आम्दानी गर्न सफल भएको खनालले सुनाउनु भयो ।
करिब ८ रोपनीमा फोहोर संकलन केन्द्र बनाईएको छ, भने १२ रोपनी जग्गामा पार्क निर्माण गरिनेछ । फोहोर संकलन केन्द्र स्वभाविक रुपमा दुर्गधित हुन्छ भन्ने आममान्यतालाई हटाउन समेत केन्द्रसँग जोडिएकै जग्गामा पार्क निर्माण गर्न थालिएको नगरपालिले जनाएको छ ।
भीरकोट नगरपालिका ४ स्थित आँधीखोला किनारमा संकलन केन्द्र बनाएको र अत्याधुनिक पार्क निर्माण थालिने नगर उपप्रमुख सिमा कर्माचार्य के.सी.ले बताउनु भयो । “डीपीआर तयार भएको छ, करिब तीन महिनाभित्रमा पार्क निर्माण गरिने छ ।” उपप्रमुख के.सी.ले भन्नुभयो “फोहोर केन्द्र दुर्गधित बन्छ र पार्क निर्माण हुदैन भन्ने सोचलाई अन्त्य गर्न एउटै जग्गामा केन्द्र र पार्क निर्माण गर्न लागिएको हो ।”
प्रारम्भिक चरणमा पार्क संचालनमा ल्याएपनि पार्कलाई अत्याधुनिक बनाईने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार पार्क निर्माण स्थालबाट भीरकोट नगरपालिका ५ पकान फाँट जोडन आँधीखोला माथि बेलिब्रिज बनाईने छ । बालबालिकालाई फर्न पार्क, पर्यटकलाई बेलिब्रिज र समूहमा घुम्न आउनेलाई पीकनिक खान पाउने व्यवस्था गरिने छ ।
“भीरकोट नगरपालिले पछिल्लो २ वर्षमा झण्डै ८ करोडको लागतमा थालेको सुविधा सम्पन्न भवन अन्तिम चरणमा पुर्याएको छ ।” नगर प्रबक्ता तथ वडा १ का अध्यक्ष दीपेन्द्र के.सी.ले भन्नुभयो, “बयरघारीमा बसपार्क संचालनमा ल्याएका छौं ।” छोटो समयमा नगरका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल र प्रत्येक वडा कार्यालयमा एकीकृत ंसम्पत्ति कर बुझाउन सकिने प्रविधिको विकास गरिएको प्रबक्ता के.सी.ले बताउनु भयो ।
घरमा हुने सुत्केरीलाई शुन्यमा झार्ने योजना अनुसार नगरका प्रत्येक गर्भवती महिनालाई दिनको एक अण्डा अभियान संचालन गरेको नगरपालिकाले निर्माणाधिन भौतिक संरचनालाई अपाङ्ग मैत्री बनाउने अभियान संचालन गरेको छ । विपन्न परिवारलाई आर्थिक क्षमता बढाउन बाख्रा, कुखुरा, भेडा, बंगुर, र एक घर एक करेसाबारी तथा प्रत्येक घरमा कम्तिमा एक फलफूल लगाउन ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको प्रबक्ता के.सी.ले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…