भीरकोटमा बाल संजाल समिति र बाल नगर संरक्षण समिति गठन ।
एशिव शरण महत/भीरकोट :
आगामी चैतसम्म भीरकोट नगरपालिकालाई वालमैंत्री घोषणा गर्न नगर बाल संजाल समिति र बाल नगर संरक्षण समिति गठन गरिएको छ । नगरभित्रका नौ वटै वडाका वालवालीका र सरोकारवालाहरुको भेलाले २१ सदस्यीय वाल समिति र ११ सदस्यीय वाल संरक्षण समिति गठन गरीएको हो ।
भेलाले सुदिप पौडेलको अध्यक्षमा २१ सदस्यीय भीरकोट बाल संजाल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुजता खत्री, सचिवमा पंशसा भुजेल, कोषाध्यक्षमा पुष्पा चापागाई र सह सचीवमा निर्देश रेग्मी चयन हुनुभएको छ ।
सदस्यहरुमा कृष्ण माझी, सचिना थापा, संस्कृती वस्नेत, सुजन अर्याल, स्वस्तीका काफ्ले, सुलव जंग अधिकारी, प्रतिक्षा गहतराज, चन्द्रकुमारी पंगेनी, संगम रेग्मी, वविता जिसी, सुरज तिवारी, गिता गुरुङ्, दिल कुमारी गुरुङ्, भैरभ गुरुङ्, प्रतिक्षा रेग्मी र गंगाराम चापागाई चयन हुनु भएको हो ।
यसैगरी, नगर उप प्रमुख सिमा केसी कर्मार्चाको संयोजकत्वमा ११ सदस्यीय वाल नगर संरक्षण समिति गठन गरीएको छ,। समितिको सदस्यहरुमा शिक्षा समितिको तर्फवाट विष्णु माया काफ्ले, दहथुम प्रहरी चौकीका प्रमुख प्र.स.नी चेतलाल विक, होम वहादुर गुरुङ् ,विष्णु वोटे माझि, धनसुवा राना, सोवित वहादुर गोदार, वोलमाया गुरुङ्, सदस्यीय सचिव हेम प्रसाद आर्चाय, शर्मिला गुरुङ,र नगर वाल समूह संजालवाट १ जना प्रतिनिधित्व हुनै गरी नगर वाल संरक्षण समिति गठन गरीएको हो ।
कार्यक्रममा नगर प्रमुख छायाँराम खनालले वालवालीकाको सेवा, सुविधा र अधिकार सुनिश्चितागरी वालमैंत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । बाल विकासको लागि शारीरिक, मानसिक, वौद्धीक र संवेगात्मक विकासमा ध्यान दिनु पर्ने बताउनुभयो ।
नगर स्तरीय वाल भेलालाई वाल मैंत्री राष्टिय सहजकर्ता विष्णु चर्तुवेदीले नगर स्तरीय वाल समूह संजाल तथा नगर वाल संरक्षण समितिको काम,कर्तव्य सम्वन्धी अभिमुखी करण गर्नु भएको थियो । नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख हेमप्रसाद आर्चायले स्वागत एवं वाल नगर सहजकर्ता खुमकान्त खनालले संचालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…