उपभोक्ता मञ्च स्याङ्जाको पुर्नगठन,अध्यक्षमा मरासिनी ।

कला राना/स्याङ्जा :
राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाको पुर्नगठन गरिएको छ । मंगलबार स्याङ्जामा उपभोक्ताहरुको भेलाले राजेन्द्र मरासिनीको अध्यक्षतामा मञ्चको पर्नगठन गरिएको हो । मरासिनीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । उपाध्यक्षमा यादवराज शर्मा, सचिवमा विश्वनाथ पौडेल, सदस्यहरुमा शान्ति ढुङ्गाना, कला राना, भिमलाल कंडेल, गिता भट्टराई, तोवाकुमारी मरासिनी, रञ्जु हमाल, चित्रबहादुर कार्की, चुनबहादुर सिंह, श्रीकृष्ण नेपाल, कमल अर्याल, उमाकान्त शर्मा र बम लामिछाने रहनुभएको छ ।


पुर्नगठन कार्यक्रममा उपभोक्ता मञ्चका केन्दिय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताहरुको हकअधिकारका लागी मञ्चले विगतदेखि नै सक्रिय भुमिका निर्वाह गरिरहेको बताउनुभयो । मुलुक संघियताको अभ्यासमा रहेको अवस्थामा उपभोक्ताका हितमा समेत विभाजन भएको भन्दै प्रत्येक पालिकालाई बजार अनुगमनको अधिकार पाएको भन्दै प्रत्येक पालिकालाई झक्झकाउने जिम्मा मञ्चको भएको बताउनुभयो । साथै उहाँले पछिल्लो अवस्थामा विषादी काण्डमा राजनितिकरण समेत भईरहेका भन्दै यो निकै लज्जाजनक विषय भएको अध्यक्ष महर्जनले बताउनुभयो ।


कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजेन्द्र मरासिनी, नवनिर्वाचित उपाध्यक्ष यादवराज शर्मा, मञ्च कास्कीका सचिव मिलन तिवारीलगायतले उपभोक्तालाई सचेत बनाउने, अनुमगनका लागी अनुरोध गर्ने, उपभोक्ता ठगिएमा अधिकारका लागी सम्बन्धीत निकायमा जाने मञ्चको कर्तव्य रहेको बताउनुभयो । साथै नवनिर्वाचित अध्यक्ष मरासिनीले जिल्लामा उपभोक्ताहरुको हकहितका लागि नवनिर्वाचित टिम प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव विश्वनाथ पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP