स्याङ्जामा ट्राफिक अभियान प्रभावकारी, दुर्घटनासँगै राजस्व संकलनमा पनि कमी ।

आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जामा ट्राफिक अभियान प्रभावकारी बन्दै गएको छ । अभियानका कारण दुर्घटनामा कमी आएको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०७५/०७६ मा दुर्घटनामा कमि आएको हो । ट्राफिक प्रहरीले दुर्घटना रहित जिल्ला बनाउने अभियान थालनी गरेर सवारी साधनलाई कारबाही गर्न थालेपछि दुर्घटनासँगै राजस्व संकलनमा कमि आएको हो ।

जिल्लामा दुर्घटना गत बर्ष भन्दा ८ वटाले कम छ भने मानवीय क्षती ११ ले कम भएको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख रेशम रानाभाटले जानाकारी दिनुभयो । गत आर्थिक बर्षमा २३ दुर्घनामा परी २० जनाको मृत्यु भएको थियो ।
२०७५/०७६ मा ट्रक १, बस ३, जिक/कार ३, टेक्टर ५, मोटरसाइकल ४ र अन्य १ दुर्घटना भएको हो । दुर्घटनातर्फ ११ सख्त र ४४ सामान्य घाइते भएको रानाभाटले जानाकारी दिनुभयो । त्यस्तै राजस्व अघिल्लो आर्थिक बर्षको तुलनामा २०७५/०७६ मा दुई लाख ७७ हजार पाचँ सयले कमि आएको छ । अघिल्लो आर्थिक बर्षमा ७५ लाख ४६ हजार राजस्व ट्राफिक प्रहरीले सवारी साधनलाई कारबाही गर्दै संकलन गरेको थियो ।

गत बर्ष १० हजार ५८९ सवारी साधन कारबाही गरेको ट्राफिक प्रहरीले बर्ष २०७५/०७६ मा ११ हजार २२८ सवारी साधन कारबाही गरेको हो । जनशक्तिको अभाब रहदाँ रहदै पनि धेरै खटेको बताउदै रानाभाटले जिल्ला प्रहरीको सहयोगमा ट्राफिक प्रहरीको खटाइले नै दुर्घटनामा कमि आएको दावी गर्नु भयो ।
राजस्व बढि संकलन भनेको धेरै प्रहरी ऐनको अबज्ञा भएको बुझ्नु पर्ने बताउदै रानाभाटले राजस्व र दुर्घटना शुन्यमा झार्ने लक्ष्य रहेको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले अभियान थालेपछि मंसिर र पौष महिनामा दुर्घटना शुन्य रहेकोे छ त्यस्तै असार ३, भदौ, कार्तिक र चैत्र २÷२ र अन्य महिनमा १/१ दुर्घटना भएको कार्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP