टी २० मा ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। उनले टी २० आईमा नेपालबाट छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन्।
सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा ज्ञानेन्द्र बुधबार मलेसिया विरुद्धको खेलमा २१ बलमै अर्धशतक बनाए। मल्लले ५१ रन जोडे।
नियमित कप्तान पारस खड्का पूर्ण फिट नभएपछि मलेसियाविरुद्ध कप्तानी सम्हालेका ज्ञानेन्द्रले आक्रामक इनिङ्स खेले। ज्ञानेन्द्रले २१ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए।
यसअघि मलेसियाविरुद्धको सिरिजमा विनोद भण्डारीले २५ बलमा अर्धशतक बनाएका थिए।
प्रदीप ऐरीसँग मिलेर पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पहिलो विकेटका लागि उच्च साझेदारीको कीर्तिमान समेत बनाए। मंगलबार पारस र ज्ञानेन्द्रले कतारविरुद्ध पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए।
ज्ञानेन्द्रले आउट हुनुअघि प्रदीपसँग पहलो विकेटका लागि ६६ रनको साझेदारी गरे।
यस्तै ज्ञानेन्द्र टी २० मा अर्धशतक बनाउने पाँचौँ नेपाली खेलाडी बनेका छन्। यसअघि कप्तान पारस खड्काले २ तथा सुवास खकुरेल, सन्दीप जोरा र विनोद भण्डारीले १-१ अर्धशतक प्रहार गरेका छन्।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


