लघुवित्तले पनि शुरु गरे मर्जर अभियान : सुर्याेदय र त्रिलोक एक आपसमा गाभिने सम्झौता ।

आँधीखोला खवर / पोखरा :
सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड वीच एक आपसमा गाभिन (मर्जर) का लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । पोखरामा विहिवार भएको कार्यक्रममा सूर्याेदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका अध्यक्ष लेखनाथ खनियाले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
मर्जर पछि लघुवित्तको बजारमा उत्कृष्ट संस्थाका रुपमा स्थापित हुने विश्वास दुवै अध्यक्षले गरेकाछन् ।
मर्जपछि बन्ने संस्थाको अध्यक्षमा त्रिलोकबाट अध्यक्ष लेखनाथ खनिया रहनुहुने सहमति भएको हो त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा सूर्योदका मोक्ष प्रसाद पंगेनी र नायव कार्यकारी अधिकृतमा त्रिलोकका राजेन्द्र न्यौपाने रहने सहमति भएको छ । नेपाल राष्ट्र बैंकबाट घ बर्गका दुवै संस्था गाभिए पछि बन्ने संस्थाको नाम सुर्याेदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहने र मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ ।

मुलुकको समग्र वित्तीय प्रणालीको सम्बद्र्धन गर्दै वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई लघुवित्त क्षेत्रको स्थायीत्व कायम गर्ने उद्देश्यले मर्ज गरिएको सूर्योदयका अध्यक्ष श्रेष्ठले बताउनुभयो । मर्ज पछि दुवै संस्थाको सम्पत्ती तथा दायित्व मूल्याङ्कन ९म्म्ब्० रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको त्रिलोकका अध्यक्ष खनियाले बताउनुभयो ।
२३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्य क्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखामा ५४ हजार सदस्य, २ अर्व १३ करोड लगानीमा रहेको कर्जा, ७३ करोड बचत र १७ करोड शेयर पूँजी पुग्ने प्रमुख कार्यकारी अधिकृत पंगेनीले बताउनु भयो । यसअघि सुर्योदयको केन्दीय कार्यालय स्याङ्जा र त्रिलोकको नवलपरासीमा रहेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


