नेविसंघद्धारा एसईइ सहभागी बिद्यार्थी सम्मान ।

भवानी अधिकारी/स्याङ्जा : नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिको निर्णय बमोजिम शनिवार नेपाल बिद्यार्थी संघ अर्जुनचौपारी गाउँपालिकाले आफना गाउँपालिकाभित्रका एसइई (माध्यमिक शिक्षा परिक्षा) सहभागी बिद्यार्थीलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष दिर्घनारायण अर्यालले आगामी दिनको सफलताको कामना गर्दै बिद्यार्थीलाई शिक्षाले नै पूर्ण बनाउने बताउनुभयो । साथै, उहाले आजका बिद्यार्थी भोलीका कर्णधार र मुलुक हाक्ने ब्यक्ति हुने भएको बताउदै जेहेन्दार र मेहनती बिद्यार्थीका लागि गाउपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला सभापति अजित क्षेत्रीले बिद्यार्थीका हक, हित, अधिकारका लागि आफु सधैं बिद्यार्थीका पक्षमा रहने बताउदै नेपाल बिद्यार्थी संघका गोलबद्ध भई सकारात्मक र रचनात्मक कार्यमा सघाउन सहभागीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस गाउपालिका सभापति बोधनारायण रेग्मी, कोषाध्यक्ष ध्रुव पंगेनी, वडा अध्यक्ष तेजबहादुर रोका, शिक्षक संघका दुर्गाबहादुर रोका, सहभागी दिनेश अर्याल लगायतले शुभकामना एवं बधाई ब्यक्त गर्नुभएको थियो ।

नेविसंघ अर्जुनचौपारी गाउपालिका सभापति केशव चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य भीमबहादुर रोकाले स्वागत एवं सदस्य अर्जुन सापकोटा रुद्रले संचालन गर्नुभएको थियो । सो कार्यक्रममा ५२ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


