स्याङ्जा सहयोग समाज साउदी अरबले चौथो बार्षिक उत्सब मनायो ।

तस्वीर-टिकाराम भुषाल/ स्याङ्जा सहयोग समाज साउदी अरवको सनैया क्षेत्रीय अध्यक्ष

आँधीखोला खवर/युएई :
स्याङ्जा सहयोग समाज साउदी अरबले आफ्नो चौथो बार्षिक उत्सब मनाएको छ । दम्मामको होलीडेज रेष्टुरेन्टमा भएको कार्यक्रममा नेपालीहरुको उत्साहजन सहभागिता रहेको थियो ।
कार्यक्रमा बोल्दै नेपाली दुताबास रियादका नियोग उपप्रमुख दिलिप कुमार पौडेलले विदेशमा समेत नेपालीहरु एकजुट भएको देख्दा आफूलाई अत्यन्तै खुसी लागेको बताउनु भयो । पौडेलले स्याङ्जा सहयोग समाजले आयोजना गरेको कार्यक्रममा आफुलाई पाउँदा एउटा भावनात्मक सम्बन्ध स्थापना भएको स्पष्ट पार्नु भयो । उहाँले सामाजिक संघसंस्थाहरुसँग जुनसुकै बेलामा पनि संगै हिडेने प्रतिवद्धता जनाउनु भयो । बैदेशिक रोजगारको सिलसिलामा साउदी आउने महिलाहरुका सम्वन्धमा अलि कठोर भएर निर्णय लिने र छिट्टै दुताबासको निर्णय सार्बजानिक गरिने नियोग उपप्रमुख पौडेलको भनाई छ । महिलाहरुको अबस्था साउदी अरबमा नाजुक रहेको स्वीकार्दै पौडेलले दुताबासको सेल्टरमा दैनिक २/३ जना महिला रहने गरेको बताउनु भयो । दुताबास बिशेष गरी श्रमिकहरुको हक हित र कम भन्दा कम समस्या रहोस् भन्ने तर्फ सजक रहेको पनि नियोग उपप्रमुख पौडेलको भनाई छ ।


कार्यक्रमको सुरुवातमा जस्मिन सैयदले स्याङजा जिल्लाको विस्तृत परिदिनु भएको थियो । कार्यक्रममा एन ए मिडीयाका प्रधान सम्पादक तथा फ्रेन्डस अफ नेपालका अध्यक्ष श्री कृष्ण श्रेष्ठले नियोग उपप्रमुखले साउदी अरव रोजेर आउनु भएकोमा धन्यवाद दिदै सामाजिक अभियान्ताहरुलाई प्रयोग गरे नेपाली श्रमिकहरुको समस्या समाधान गर्न सुझाब दिनुभयो ।
अर्का बक्ता एनआरएन आईसीसी सदस्य धरम केसी ले आफु पनि आँधिखोले माईलाको नाति भएको बताउदै स्याङ्जालीहरुको खुलेर प्रसंशा गर्नु भयो । स्याङ्जालीहरु बिश्वको जुनसुकै ठाउमा पनि अग्रपंतिमा रहेको जानकारी दिदै केही गलत प्रबृतीका कारण बर्बादी, बेईजती,जेल परेका स्याङ्जालीहरु पनि रहेकोमा दुखेसो गर्नु भयो ।


सो अवसरमा स्याङजा सहयोग समाज साउदी अरबकी प्रमुख सल्लाहकार याश्मिन बेगम सैयदले दुतावासले आवश्यक जस्तो सुकै सहयोग गर्न तत्पर रहको बताईन । साथै साउदी अरबमा रहेका नेपालीहरु लाई अनुशासित र एक अर्कामा सम्मान गरेर रहेने प्रबृतीको जगेर्ना गर्न उत्प्रेरित गर्नु भयो ।
औरचारिक र साँगितिक गरी २ चरणमा बिभाजित गरिएकको कार्यक्रमका बक्ताहरुले दुताबाससँग नेपालीहरु निक्कै आशाबादी रहेको भन्दै दुताबाससँगै सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रमा हालसालै साउदी आएका दुताबसका नियोग उप—प्रमुख बन्नुभएका दिलीप कुमार पौडेल तथा धर्मपत्नी रिता पौडेललाई स्याङ्जा सहयोग समाज साउदी अरबमा आबद्ध ब्यक्तित्वहरुले दोसल्ला ओढाएर स्वागत तथा सम्मान् गरिएको थियो । त्यस्तै दिदि बहिनि समूह साउदी अरब कि अध्यक्ष तुलसी माया गुरुङले पररास्ट्र मन्त्री प्रदिप ज्ञावालीलाई ज्ञापान पत्र पनि नियोग उपप्रमुख दिलिपकुमार पौडेल मार्फत वुझाउनु भएको थियो ।
कार्यक्रममा नियोग उपप्रमुखकी धर्मपत्नी रिता पौडेल,स्याङ्जा सहयोग समाजका संरक्षक राजु सैयद,संस्थापक अध्यक्ष तथा आईसिसि सदस्य मोहन बि एस के, परिकल्पनाकार तथा पूर्व आईसिसि सचिब भोला पौडेल,एनआरएनए आईसिसि सदस्य जोन अर्याल,अन्तर संस्था समन्वय समिती साउदी अरबका अध्यक्ष कृष्ण पुरी, तमु धिं साउदी अरबका अध्यक्ष खेम तम, काभ्रे सेवा समाजका अध्यक्ष जेन कुमार लामा,नेपाल मगर संघ साउदी अरबका संरक्षक बम बहादुर थापा मगर लगाएत बिभीन्न संघ संस्थाका पदाधीकारी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रम स्याङ्जा सहयोग समाज साउदी अरबका अध्यक्ष बाल कृष्ण पंगेनीको सभापतित्वमा र महासचिब टिका केसीको सञ्चालनमा सम्पन्न भएको थियो त्यस्तै सांगितीक कार्यक्रम रोशन एन श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । स्याङ्जा सहयोग समाज साउदी अरबका संस्थापक अध्यक्ष मोहन बिएसकेको धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
औपचारिक कार्यक्रम सकिए लगतै केक काटेर स्याङ्जा सहयोग समाज साउदी अरबले आफ्नो चौथो बार्षिक उत्सव मनाएको थियो ।
सास्कृतिक कार्यक्रमा नृत्य तर्फ दिक्षा थापा, दिब्या थापा , मुना तामाङ्, पुतली तामाङ,आईषा अर्याल, कृतिका हुमागाई, तपस्या अधिकारी, जियान सैयद,भरत शाहीले आ—आफ्नो पस्तुती दिएका थिए भने गायन तर्फ प्रेम डि सी, फणिन्द्र कार्की, स्माईल मिया, राज तामाङ लगायतका थिए । स्याङजा सहयोग समाज साउदी अरबका महासचिब टिका केसी तथा लक्ष्मी तामाङको प्रतक्ष्य दोहोरी पनि भएको थियो ।

Facebook Comments Box
TOP