स्याङ्जा जातिय उत्पीडित समाज कतारको अधिवेसन सम्पन्न ।


नारायण विश्वकर्मा /स्याङ्जा :
समाजमा विद्यमान छुवाछुुत तथा जातिय भेदभाव न्युनिकरण गर्न देशैभर विभिन्न संघ संस्था सक्रिय छन । सकरात्मक अनुभव स्वदेशमा लैजाने र नेपाली समाजलाई भेदभाव रहित बनाउने उद्देश्यले विदेशमा पनि संघ संस्था खोल्ने क्रम वढ्दै गएको छ । पछिल्लो क्रममा निक्कै उत्साह र सक्रियताका साथ नेपाली दलित आन्दोलनलाई अझ मजबुत र कडा बनाउन स्याङ्जा जातिय उत्पीडित समाज कतारले पनि आफ्ना गतिविधि बढाएको छ । भर्खरै मात्र “सु–संस्कृत समाज अहिलेको आवश्यकता, विभेद अन्त्य गर्न आम नेपालीको सहभागिता“ भन्ने मुल नाराका साथ स्याङ्जा जातिय उत्पीडित समाज कतारले स्थानीय सनैया ग्राण्ड मलस्थित ह्वाईट हाउस रेस्टुरेन्टमा प्रथम अधिवेसन सम्पन्न गरेको छ । कार्यक्रममा तदर्थ समितिका सदस्य गंगा बहादुर विश्वकर्माले संस्था स्थापना गर्नुको उद्देश्यका बारेमा प्रकाश पार्नु भयो । उहाँले नेपालको संविधानले सुनिश्चित गरेको छुवाछुत तथा भेदभावको अन्त्य गरि विभेद रहित सामाजिक रुपान्तरण गर्नु नै संस्था निर्माण गर्नुको मुल उद्देश्य भएको बताउनु भयो । विश्वकर्माले संस्थाले सभ्य समाज स्थापना गर्दै उत्पीडित समुदायमा सचेतना जगाउने पनि स्पष्ट पार्नु भयो । विश्वकर्माले नेपाली समाजको विभेद हटाउन वैदेशिक रोजगारमा आएकाको महत्वपुर्ण भुमिका हुने दावी गर्नु भयो ।

यस्तो छ वोल्ने वक्ताको धारणा :
अधिवेसनमा दलित एकता संजाल कतारका अध्यक्ष किरण परियारले समाजका जुनसुकै कुरुती र अन्धविश्वासको जालो फाल्न सचेत नागरिकको एकता आवस्यक रहेको बताउनु भयो । उहाँले दलित मुदायमा कानुनी साक्षरता न्यन रहेको भन्दै हरेकले देशको निति नियम र कानुन जान्नपर्ने बताउनु भएका छ ।
कार्यक्रममा सामाजिक व्यक्तित्व ठाकुर परियार, स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष अजमत अलि, बिश्वकर्मा समाज कतारका महा–सचिव कृष्ण बिश्वकर्मा, गण्डकी प्रदेश समन्वय समितिका बरिष्ठ उपाध्यक्ष प्रेम कुमार रसाइलीले जुनसुकै समुदायविच पनि आपसी सद्भाव कायम भएमा विकासले गति लिने बताए ।
त्यस्तै गैर आवासीय नेपाली संघ युवा संयोजक माया के. सी, साझा सद्भाव समूह कतारका संयोजक गणेश कार्की, नेपाली समाज कतारका संयोजक देव परियार, जनप्रगतिशील मंचका संगठन विभाग प्रमुख मोहन कार्कीले २१ औँ सताव्दीमा मानव माथि फरक व्यवहार हुनु गम्भीर त्रुटि भएको बताए ।
त्यसैगरी नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मंच कतारका अध्यक्ष चाणक पोखरेलले युवाहरु रुपन्तरणमा लाग्ने उचित समय आएको बताएका छन ।

संस्थाको मुल कार्य समिति यस्तो बन्यो :
पहिलो अधिवेसनले चोलाकान्त विश्वकर्माको अध्यक्षमा २५ सदस्यीय नयाँ कार्य समिति सर्वसहमतले निर्वाचन गरेको छ । समितिको उपाध्यक्षमा रन बहादुर सुनार, द्वितीय उपाध्यक्षमा नेत्र बहादुर दमाई, तृतीय उपाध्यक्षमा धन बहादुर बि.क, महा–सचिवमा थमन सिंह सुनार, सचिवमा तोप बहादुर बि.क., सह–सचिवमा मिन प्रसाद परियार, कोषाध्यक्षमा कमल बि.क., सह–कोषाध्यक्षमा शंकर बि.क र बाँकी सदस्यमा निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा निर्वाचित भए पछि चोलाकान्त विश्वकर्माले संस्थाको विधानको परिधिभित्र रही उद्देश्य प्राप्तिका लागि आफ्नो कार्यकाललाई निक्कै सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
स्याङ्जा जातिय उत्पीडित समाज कतारका तदर्थ समितिका संयोजक दिपक सुनारको अध्यक्षक्षतामा भएको कार्यक्रममा स्वागत दिपक कुमार विश्वकर्माले र सञ्चालन थमन सिंह सुनारले गर्नुभएको थियो । कार्यक्रमको विचविचमा कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले जिल्लाका स्थानीय निकाय र संस्था संग हातेमालो गर्दै जातिय भेदभावको अन्त्य गर्न र दलित समुदायको हितमा शिक्षा, अति विपन्न र आर्थिक अवस्था न्युन भएका परिवारलाई र दैवि प्रकोपबाट पिडितलाई सहयोग गर्नेछ ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…