स्याङ्जामा विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादी पक्राउ ।
: विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । पक्राउ परेका ७० मध्ये जरिवाना तिरेर ५१ जना छुटेका छन् भने १९ कैद भुक्तानका लागि कारागार चलान भएका छन । सार्वजनिक अपराधका मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, अंशबण्डा, जबर्जस्तीकरणी, सम्बन्ध विच्छेद, कुटपिट तथा लुटपिट, लागुऔषध, ठगी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


