स्याङ्जामा विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादी पक्राउ ।

: विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न आपराधिक घटनामा संलग्न फरार ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । पक्राउ परेका ७० मध्ये जरिवाना तिरेर ५१ जना छुटेका छन् भने १९ कैद भुक्तानका लागि कारागार चलान भएका छन । सार्वजनिक अपराधका मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, अंशबण्डा, जबर्जस्तीकरणी, सम्बन्ध विच्छेद, कुटपिट तथा लुटपिट, लागुऔषध, ठगी मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…