गल्याङ १० का सुत्केरीलाई मह र घ्यू उपहार ।

कला राना/स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. १० ले वडामा सुत्केरी महिलाहरुको पोषणका लागी एक लिटर मह र एक लिटर घ्य प्रदान गरिएको हो । २०७५ साउनदेखि यही असार २० गतेसम्म सुत्केरी भएका वडा भित्रका महिलाहरुको लागि मातृशिशु पोषण कार्यक्रम अन्र्तगत मह र र घ्यू प्रदान गरिएको वडा अध्यक्ष धु्रवप्रसाद शर्माले बताउनुभयो ।

वडा कार्यालयमा दर्ता भएका २० जना सुत्केरी महिलाहरुले मह र र घ्यु उपहार लिएका छन् । अध्यक्ष पंगेनीले भन्नुभयो, “सुत्केरी महिला तथा शिशूको पोषणका लागि हामीले मातृशिशु पोषण कार्यक्रम अन्र्तगत मह र र घ्यू वितरण गरेका हौँ ।” सुत्केरी महिला र बच्चाको स्वास्थ्य अवस्था स्वस्थ राख्न यस्ता पोषणयुक्त कार्यक्रमले सघाउ पुग्ने र मातृशिशु मृत्युदरलाई समेत कम गर्ने अध्यक्ष पंगेनीको भनाई छ । “वडालाई नमुना वडाको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ ।” अध्यक्ष पंगेनीले भन्नुभयो । अर्गानिक वडाको रुपमा विकास गर्ने लक्ष्यका साथ वडाले भिरालो बाँझो जमिनमा टिमुर रोपण कार्यक्रम समेत जारी राखेको छ । वडा सदस्य ताराबहादुर गाहको अध्यक्षतामा सम्पन्न मह र घ्यू उपहार वितरण कार्यक्रमको सञ्चालन सचिव मदन भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP