कर्ण बहादुरको गोठमा पर्यो चट्याङ ।


आँधीखोला खवर/स्याङ्जा :
विरुवा गाँउपालिका वडा नम्वर ३ ढोवादीका कर्ण बहादुर गुरुङ्को गोठमा चट्याङ पर्दा ४ वटा गाई मरेकाछन् । ढुङ्गा,माटो,खर तथा केहीभाग जस्तापाताले छाएको गुरुङको गोठमा चट्याङ् परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । चट्याङ्बाट गुरुङको गोठमा क्षती पुगेको छ ।
यसैवीच प्रहरीले पुतली वजार नगरपालिका ४ भालुपहाड र अर्जुनचौपारी ४ रापाकोटबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रवक्ता भण्डारीका अनुशार रापाकोटबाट १५० लिटर र भालुपहाडबाट ६५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…