संघीय शासन ब्यवस्थाको बिकल्प छैन -गण्डकी प्रदेश-मुख्यमन्त्री गुरुङ ।

भवानी अधिकारी/स्याङजा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्ले संघीय शासन ब्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ । आफनै गाँउ, घर आगनमा सिंहदरवारको पहुँच पुगेपछि नागरिकलाई सहज र सस्तो बनेको उहाको भनाई छ ।
आँधीखोला गाउँपालिका ५ जुग्लेखोलामा पुलको उद्घाटन् र नागडाडाँ कार्किनेटा सडकको कालोपत्रकोे शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङ्ले पाँच बर्षमा गण्डकी प्रदेशका नागरिकले सबै क्षेत्रमा बिकासको प्रत्याभुति एवं समृद्धीको महसुस गर्ने दावी गर्नुभयो ।
पाचँ बर्षमा गण्डकी नमूना प्रदेश बन्ने छ । सबै घरघरमा खानेपानीका धारा, सिचाई, बिजुलीको आवश्यकता अनुरुपको ब्यवस्था हुने बताउदै कृषि र खाध्यान्नमा आत्मनिर्भर बनाउने योजना सुनाउनुभयो ।

पाचँ बर्षमा साक्षर र १० बर्षमा गरिबी सून्यमा झार्ने बताउदै स्वास्थ्य, शिक्षा र सुरक्षाका क्षेत्रमा उल्लेख्य काम गर्दै आएको बताउनुभयो । पालिकालाई कामका लागि बजेट मा प्रदेश सरकारले सहयोग गर्ने बताउदै विकास र समृद्धिको लागि जुन सुकै सहयोग गर्ने आफु तयार रहेको बताउनुभयो ।

काम नगर्नेका दिन सकिएको बताउदै गुरुङ्ले काम गर्नेले ठाउँ पाउने पालो आइरहने र प्रदेशको पनि सहयोग रहने बताउनुभयो । जनतालाई अनुकुल बनाउन संघियता सासन प्रणाली आएको बताउदै गुरुङले सरकार जनताको जति नजिक भयो त्यति बिकास हुने बताउनुभयो ।

जनताको लागि सबै भन्दा सस्तो प्रणाली संघियता भएको बताउदै गुरुङले घरमै बरेर सेवा पाएको र सानो कामको लािग काठमाडौ जानुपर्ने संघियताले अन्त्य गरेको बताउनुभयो । जनताको घर दैलोमा सिहदरबार आएको अनुभुति नागरिकले गरेको बताउदै गुरुङ्ले सिगापुर र युकेले तिन सय बर्षमा गरेको बिकास नेपालमा २० बर्षमा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
त्यस्तै गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले भ्रष्टचारको कारण बिकासले गति लिन नसकेको बताउनुभयो । ढिला सुस्ती र भ्रष्टचारको अन्त्य गर्न प्रदेश सरकार जुटेको बताउदै मन्त्री बस्नेतले बिकासको कछुवाको गतिमा नभई खरायोको गतिमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङ्, जिल्ला समन्वय प्रमुख सीता सुन्दास, प्रदेश नीति तथा योजना उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, पूर्वाधार विकास सचिव इश्वर महरहठ्ठा लगायतले शुभकामना सहित गाउपालिकाको उदाहरणीय कामको प्रशंसा एवं सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शर्मिला पौडेलले स्वागत एवं वडा अध्यक्ष कृष्णप्रसाद पनेरुले धन्यवाद एवं प्रमुख प्रशासकीय अधिकृत उज्वल भुसालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

यसैबीच, आधीखोला गाउँपालिका ५ जुग्लेमा आठ महिना मै मोटरेबल पुल निर्माण भएको छ । गजिन्द्र निर्माण सेवा स्याङजाले तोकिएको समयमै पुल निर्माण गरेको हो । २२ दशमलब ६ मिटर लामो पुल एसएनआरटिपी कार्यक्रम अन्र्तगत पुर्वाधार विकास कार्यालयले निर्माण गरेको हो । दुई करोड २० लाख ७० हजार ६६२ रुपैया ७७ पैसाको लागतमा निर्माण भएको पुलले स्याङ्जाको आँधीखोला र पर्वतको कार्किनेटा हुदै घण्टे लुखुं जोडने मार्गमा सहज बनाएको छ ।
यस्तै, १० किलोमीटर कालोपत्रे दुई बर्षमा निर्माण सम्पन्न हुने र २७ करोड १६ लाखको लागत रहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


