स्याङ्जा सदरमुकामको मुख्य चोक : शालिक निर्माण अन्यौलमा, सोही ठाँउमा टावर बनाउन शुरु गरिदै ।
नारायण विश्वकर्मा/स्याङ्जा :
पुतलीबजार नगरपालिका १ सिद्धार्थ राजमार्ग स्थित चोकमा शालिक राख्ने विषयमा दलहरु विच सहमती जुट्न नसक्दा शालिक निर्माणको काम अन्यौलमा परेको छ ।
पुतली बजार नगरपालिकाको तेस्रो नगरसभाले कम्यूनिष्ट नेता पुष्पलाल श्रेष्ठको शालिक राख्ने निर्णग भए पछी १० लाख रुपैयाँ बजेट विनियोजन गरको थियो । नगरपालिकाको यस्तो निर्णयसंगै नेपाली कांग्रेस स्याङ्जाले विरोध जनाए पछि शालिक निर्माणको काम प्रभावित बनेको हो । सदरमुकामको मुख्य बजारमा तत्कालिन पुतलीबजार गाउँपञ्यायतले राखेको राजा महेन्द्रको शालिक २०६२÷६३ को जनआन्दोलनमा तोडफोड भएको थियो । झण्डै एकदशक सम्म सोही अवस्थामा रहेको शालिकको बाँकी भग्नावशेस स्थानीय तहको निर्वाचन पछि भत्काईएको थियो ।
नगरपालिकाले सहमती तोड्यो : कांग्रेस
नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले २०६२/०६३ को जनआन्दोलन पछि बनेको मन्त्रि स्तरीय निर्णयबाट गणेशमान सिंहको प्रतिमा राख्ने निर्णय भएकोमा विरोध भए पछि कसैको सालिक नराखेर सहिद चोकका रुपमा स्थापीत गर्ने सहमती भएको बताउनु भयो । ‘पुष्पलाल प्रति नेपाली कांग्रेसको सम्मान छ ।’ उहाँले भन्नुभयो,–‘दलहरु बीचको सहमतीलाई नगरपालिकाले तोडेर पुष्पलालको शालिक राख्ने एकलौटि निर्णय गर्यो, राष्ट्रिय व्यक्तित्वको शालिक विवादित स्थानमा नराखौँ र विवादित नबनाऔँ ।’ रानाले थप्नुभयो,–‘स्याङ्जाका अन्य चोकमा विकल्प खोजेर पुष्पलालको शालिक राखे हामी बाधक बन्दैनौँ, सहमती लत्याउन खोजे कांग्रेस घोर विरोधमा उत्रने छ ।’
नेपाली कांग्रेस स्याङ्जाले यस अघि जिल्ला समन्वय समिति, जिल्ला प्रसासन कार्यालय, पुतलीबजार नगरपालिका, वडा नम्बर एक वडा कार्यालयमा ध्यानकर्षणपत्र मार्फत सहकार्य, सहमति बिना सार्वजनिक स्थलको उपयोग नगर्न आग्रह गरेको थियो ।
विपि र पुष्पलाल आदर्श पुरुष हुन, विवाद नगरौँ : नेकपा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे (पारष) ले गणेशमानको शालिक राख्ने निर्णय भए पनि एउटै बजारमा दुइ स्थानमा एउटै आस्थाका दुइ शालिक राख्न नहुने भन्दै विरोध भएपछि हृदयस त्रिपाठी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा त्यो निर्णय खारेज भएको बताउनु भयो । ‘विपिको पुतली बजारकै ट्राफिक प्रहरी चौकीको आडमा शालिक छ, यता पुष्पलालको शालिक राखेर सकरात्मक राजनितिक संदेश दिन पनि पुष्पलालको शालिक राख्ने विषयमा कांग्रेसले विरोध गर्नु हुँदैन ।’ उहाले भन्नुभयो,–‘कम्प्युनिष्टको आदर्श पुरुष पुष्पलाल हुन, प्रजातन्त्र अथवा कांग्रेसको आदर्श पुरुष विपि, त्यसैले पनि एउटा बजारमा दुइ फरक आदर्श पुरुषको शालिक राख्दा सकरात्मक संदेश जान्छ ।’ गैरेले भन्नुभयो,–‘विपि जस्तै पुष्पलाल पनि सर्बमान्य नेता हुन, विपिको शालिक हुँदा पुष्पलालको हुन हुन्न भन्नु कांग्रेसलाई नैतिक रुपमा पनि सुहाउँदैन ।
सहमती पछि सालिक राख्ने काम हुन्छ : नगरपालिका
पुतलीबजार नगरपालिकाका प्रमुख सिमा कुमारी क्षेत्रीले प्रजातान्त्रिक आन्दोलनका प्रमुख नेता विपिको ट्राफिक प्रहरी पोष्टको आडैमा शालिक भएकाले तेस्रो नगर सभाले वामपन्थी आन्दोलनका प्रमुख नेता पुष्पलालको शालिक राख्ने सर्वसहमतीले निर्णय गरेको बताउनु भयो । उहाँले एउटै बजारमा एउटै पार्टीका नेताको दुइ—दुइ ओटा शालिक सोभायमान नदेखिने भएकाले पुष्पलालको शालिक बनाउने निर्णय गरेको जानकारी दिनुभयो । ‘जिल्ला समन्वयन समितिको आयोजनामा शालिक विवाद समाधानका लागि सार्वदलिय वैठक वसे पनि सहमती जुटन सकेको छैन ।’ उहाँले भन्नुभयो,–‘छलफललाई निरन्तरता दिइएको छ, पुतलीबजारको सुन्दर भविष्य र पहिचानका लागि एउटा बजारमा दुवै नेताको सालिक होस भन्ने नगरपालिकाको चाहाना हो, आशा छ छिट्टै सहमती जुट्ने छ । नगर प्रमुख सिमा कुमारी क्षेत्रीले शालिक निर्माणको संरचनाको पक्रिया अगाडि वढिसकेको भन्दै सहमती जुटे पछि सालिक राखिने बताउनु भयो ।
सोही ठाँउमा टावर निर्माण गर्न वजेट निनियोजन :
स्याङ्जा सदरमुकाममा कस्को शालिक राख्ने भन्ने विवाद भईरहकै बेला पुतलीवजार नगरपालिकाले भने सोही चोकमा नै टावर राख्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७६÷७७ बजेटमा सोही स्थानमै टावर निर्माण गर्न १५ लाख विनियोजन भएको नगरप्रमुख क्षेत्रीले जानकारी दिनुभयो । ‘३२ मिटर अग्लो टावरको फेँदको चौडा करिब चार मिटर हुने छ । उहाँले थप्नुभयो,–‘वर्गाकारको टावरमा पुतली बजारै उज्यालो बनाउने फरक रङ्का चार ओटा वत्ति हुनेछ । ‘ नगर प्रमुख क्षेत्रीले भन्नुभयो, ‘नगरपालिकाको योजना सो.ठाँउमा शालिक र टावर दुई वटै बनाउने हो तर तत्कालको लागि टावर निमार्ण कार्य शुरु गरिनेछ ।’ उहाँले नगरपालिका सहमतिबाट नै अगाडि वढ्ने स्पष्ट पार्नु भयो । प्रमुख क्षेत्रीले थप्नुभयो, ‘शालिकलाई त्यही राख्ने वा अन्यत्र उचित ठाँउमा राख्ने भन्ने बारेमा छलफल भईरहेको छ ।’
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…