अधिनायकवाद विरुद्ध लड्ने बेला आयो- नेता पौडेल ।

आँधीखोला खवर/वालिङ :
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी विष्णु पौडेलले सरकारको अधिनायकवाद विरुद्ध सवै मिलेर लड्नु पर्ने वेला आएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघ वालिङले गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै युवा नेता पौडेलले बर्तमान् सरकारले जनताको पक्षमा एउटा पनि काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो जनताको पक्षमा भन्दा पनि निश्चित व्यक्तीको स्वार्थमा सरकार डुवेको छ ।
नेवेसंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका पौडेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनबाट सरकार चुकेको बताउनु भयो । उहाँले लगानी अनुशार राम्रो शिक्षा दिन नसक्नुमा राज्यको नीति नै दोसी भएको दावी गर्नु भयो । महङ्गा शैक्षिक संस्थालाई लगाम लगाउनु पर्ने भन्दै नेता पौडेलले नेविंघले मात्रै विद्यार्थीको हकहितमा काम गर्न सक्ने धारणा राख्नु भयो ।


गत असार १२ गते प्रकाशित भएको एसईई मा उत्तिर्ण भएका विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघले वालिङले शनिवार सम्मान गरेको हो । कार्यक्रममा ३ सय २० जना विद्यार्थीलाई सम्मान गरिएको नेविसंघ वालिङले जनाएको छ ।


सो अवसरमा नेपाली कांग्रेस वालिङ नगर कार्यबहाक सभापति भिमलाल सुवेदी,नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्री कांग्रेस नगर सचिव भुपराज वगाले, भीरकोट नगरपािलकाका प्रवक्ता एवं तरुणदल क्षेत्र नम्वर २ का सभापति दिपेन्द्र केसी,महिला संघका क्षेत्रिय सभापति सुनिता उच्चै,नेविसंघ स्याङ्जाका कोषाध्यक्ष धु्रव पंगेनी, विद्यार्थी नेता कमल कुँवर लगायतले लोकतान्त्रीक मुलकमा मात्रै लोकतान्त्रीक अवसर पाईने बताएका थिए ।


नेपाल विद्यार्थी संघले वालिङका सभापति दिक्षान्तप्रताप खाँणको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसभापति सफल गाहा मगरले गर्नु भएको थियो । कार्यक्रममा गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box
TOP