नेविसंघ भीरकोटले गर्यो एसईई उर्तीण विद्यार्थीलाई सम्मान ।

आँधीखोला खवर/भीरकोट:
गएको हप्ता प्रकाशित भएको एसईईमा उर्तिण भएका विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ भीरकोट नगरकार्य समितिले सम्मानु गरेको छ ।
भीरकोटका समुदायीक र संस्थागत गरी १७ मावि का ४४५ जना विद्यार्थीले एसइइ दिएका मध्ये ११ जनाले ब्ं,५३ जनाले ब्, ७७ जनाले द्यं ९० जनाले द्य, १०२ जनाले ऋं ७४ जनाले अ,२१ जनाले म्ंर १७ जनाले म् ल्याउन सफल भएका थिए । ४४५ जना उर्तिण एसइइका विद्यार्थी मध्ये ९२ जना विद्यार्थीहरु सम्मानित भएका हुन् ।

एसईई उर्तिण विद्यार्थीको सम्मान कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले एसईईमा उर्तीण विद्यार्थीहरुलाइ उच्च शिक्षा हासिल गर्न खुट्किलो पास गरेकोमा वधाई ज्ञापन गर्नु भयो उहाँले आगामी दिनका अध्ययनले झनै सफलता पाइ आफ्नो र देशकै नाम राख्न सक्ने व्यक्ति वन्न आग्रह गर्नुभयो । नगरपालिकाले शैक्षिक गुणस्तर,सिपमुलक एवम व्यवहारिक शिक्षा प्रदान गर्नको लागि कार्यक्रम वनाइ अगाडि वढेको समेत खनालले वताउनु भयो ।

विद्यार्थी सम्मान कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य,नेपाली कांग्रेस नगर सभापती तोयनाथ अर्याल, नेपाली कांग्रेस पूर्व जिल्ला कोषाध्यक्ष पिताम्वर श्रेष्ठ,नगर प्रवक्ता दिपेन्द्र केसी, ८ का वडा अध्यक्ष भीम वहादुर गुरुङ् , वोर्ड सदस्य विष्णु माया काफ्ले,नेपाल विद्यार्थी संघका जिल्ला सभापती अजित क्षेत्री, त्रिया क्याम्पसका स्ववियू सभापती सुनिल चापागाई लगायतले बोलेका थिए ।
नेविसंघ भीरकोट नगरकार्य समितिका सभापती लक्ष्मण अधिकारीको सभापतीत्वमा सम्पन्न कार्यक्रमको संचाल सचिव नविन क्षेत्री र स्वागत नेविसंघका क्षेत्रीय सचिव एशिव शरण महतले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


