कालिगण्डकीको सटुकामा पहिरो जाने क्रम अझै रोकिएन (फोटोफिचर) ।

आँधीखोला खवर/कालिगण्डकी :
रानीघाटमा निर्माणाधिन पुलभन्दा माथि बाट पहिरो सक्ने क्रम नरोकीदा स्याङ्जा सटुका स्थानियबासी समस्यामा परेका छन । कालीगण्डकी गाउपालिका वडा न ३ सटुका देखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुल स्याङ्जा पट्टी लगभग २०० मिटर माथिको भागमा ५० देखि १०० मिटरको दुरिमा धेरै ठाउँमा नै ठुला ठुला भ्वाङहरु परेका हुन ।

बर्षा लाग्नु भन्दा केही समय अगाडि देखी नै बाटोमा भ्वाङ पर्न थालेपछी स्थानीयबासिलाई त्यो बाटो प्रयोग गर्न समेत त्रास बढेको स्थानिय कृष्ण पाण्डेयले जानकारी दिनुभयो । उक्त भ्वाङ्हरू स्थानीयले पटक पटक पुर्दा पनि निरन्तर भ्वाङ्ग परीरहेपछी यात्रीका क्रममा यात्रुलाई पर्न जाने असुविधा र जोखिम न्यूनीकरणका लागि सटुका र बटिचौरका स्थानीय बासिन्दाहरुले केही दिन अगाडि वैकल्पिक बाटोको रुपमा गोरेटो बाटो बनाएका थिए तर सोवाटोमा पनि पहीरो झरीरहेको छ । पानी परीरहेकाले पहीरो बढीरहको स्थानीयको भनाई छ । स्थानीयले नयाँ निर्माण गरिएको पुल निर ठुलो पर्खाल बनाउनु पर्ने र माथि तिर को कच्ची बाटोलाई आवश्यकता अनुसार स्तरोन्नती गर्न माग गरेका छन । तर सरोकारवाला निकायले भने यो बिषयमा कुनै कदम नचालेकोमा स्थानीय आक्रोसीत वनेका छन् ।( सवलपोष्ट)

Facebook Comments Box
TOP