कालिगण्डकीको सटुकामा पहिरो जाने क्रम अझै रोकिएन (फोटोफिचर) ।

आँधीखोला खवर/कालिगण्डकी :
रानीघाटमा निर्माणाधिन पुलभन्दा माथि बाट पहिरो सक्ने क्रम नरोकीदा स्याङ्जा सटुका स्थानियबासी समस्यामा परेका छन । कालीगण्डकी गाउपालिका वडा न ३ सटुका देखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुल स्याङ्जा पट्टी लगभग २०० मिटर माथिको भागमा ५० देखि १०० मिटरको दुरिमा धेरै ठाउँमा नै ठुला ठुला भ्वाङहरु परेका हुन ।

बर्षा लाग्नु भन्दा केही समय अगाडि देखी नै बाटोमा भ्वाङ पर्न थालेपछी स्थानीयबासिलाई त्यो बाटो प्रयोग गर्न समेत त्रास बढेको स्थानिय कृष्ण पाण्डेयले जानकारी दिनुभयो । उक्त भ्वाङ्हरू स्थानीयले पटक पटक पुर्दा पनि निरन्तर भ्वाङ्ग परीरहेपछी यात्रीका क्रममा यात्रुलाई पर्न जाने असुविधा र जोखिम न्यूनीकरणका लागि सटुका र बटिचौरका स्थानीय बासिन्दाहरुले केही दिन अगाडि वैकल्पिक बाटोको रुपमा गोरेटो बाटो बनाएका थिए तर सोवाटोमा पनि पहीरो झरीरहेको छ । पानी परीरहेकाले पहीरो बढीरहको स्थानीयको भनाई छ । स्थानीयले नयाँ निर्माण गरिएको पुल निर ठुलो पर्खाल बनाउनु पर्ने र माथि तिर को कच्ची बाटोलाई आवश्यकता अनुसार स्तरोन्नती गर्न माग गरेका छन । तर सरोकारवाला निकायले भने यो बिषयमा कुनै कदम नचालेकोमा स्थानीय आक्रोसीत वनेका छन् ।( सवलपोष्ट)


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


