सगरमाथा माविद्धारा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान् ।
सुशील सुबेदी/ स्याङजा :
फलामे ढोकाको रुपमा चिनिने दश कक्षाको परिक्षा कुनै बेला रेडियो सेटमा रिजल्ट सुनेर गाउँभर एक जना पास मात्र भएपनि खुशियाली छाउने गर्दथ्यो । बढ्दो सुचना र प्रबिधिको बिकाशसँगै शैक्षिक गुणस्तरमा पनि उल्लेखनीय परिबर्तन आएको छ । पछिल्लो समय यही परिबर्तनको उपज हो , ग्रेडीङको आधारमा नतिजा प्रकाशन गर्ने शैली ।
परिबर्तनसँगै चुनौती पनि थपिएको छ । उत्पादन गर्ने तर होल्ड गर्न नसक्ने हाम्रो संस्कृती दुखद भएको सरोकारवालाले बताएका छन् । बिश्व बजारको शैक्षिक प्रतिस्प्रर्धा गर्न प्रबिधीमैत्री बन्न आवश्यक भएपनि प्रबिधिमैत्रीको नाममा बिदेश नै जाने भन्ने दुखद घटना भएको उनीहरुको भनाई छ ।
भर्खर मात्र प्रकाशन गरिएको एस.ई.ई. २०७५ को परिक्षाफलमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गर्दै समयअनुशार शैक्षिक सुधार र पठन पाठन शलीलमा परिवर्तन आबाश्यक रहेका बताईएको हो ।
सगरमाथा अंग्रेजी आवाशीय माध्यामिक बिद्यालयले यस बर्ष जिल्लाकै उत्कृष्ट नतिजा ल्याएपछिे एस ई ई परिक्षामा सहभागी आफ्ना ५९ जना बिद्यार्थीलाई एक कार्यक्रम वीच बधाई तथा सम्मान गरेको हो । जिल्लाभर कुल ५हजार ६ सय ९ बिधार्थी सहभागी भएका थिए । सगरमाथा अंग्रेजी आवाशीय मा.बि अध्यानरत छात्रा करुणा भट्टराई ३.९ जिपीए ल्याएर सर्बोत्कृष्ट भएकी हुन् ।
यसैगरि स्याङजामा ४ बिद्यालयका ५ जना बिद्यार्थीले ३.९ जिपीए ल्याउन सफल भए । जीबन ज्योति अंगे्रजी आबाशीय मा.बि , नेपाल आदर्श , सार्बजनिक माध्यामिक बिद्यालयका ३ र सगरमाथा अंग्रेजी आबशीय माध्यामिक बिद्यालयलका २ जनाले ३.९ जिपीए ल्याएका थिए ।
गण्डकी प्रदेश प्याबसनका सदस्य अमृत डुम्रेले भन्नुभयो ,‘ शहर बजारका ठुला भवनमा मात्र होईन गाउँ घरका साना भबन भित्र पनि बिश्व बजारमा प्रतिस्प्रर्धा गर्ने जनशत्ती उत्पादन हुन्छन् भन्ने सन्देश सगरमाथाले दिएको छ । ’
यसैगरि सोही कार्यक्रममा बोल्दै बिद्यालय संञ्चालक समितीका अध्यक्ष पुण्य प्रशाद अर्यालले दक्ष बौद्धिक बिद्यार्थी उत्पादन गर्ने उच्च शिक्षाको नाममा बिदेश पठाउने प्रबृती नरोकिए सम्म देशको बिकाश नहुने बताउनु भयो । स्वदेशमा शिक्षा , अन्तराष्ट्रिय प्रतिस्प्रर्धा र स्वदेशमै पसिना बगाउन आबाश्यक छ । अर्यालले भन्नुभयो , ‘ बिदेश जाने केही सिक्न हो जबानी र पसिना बेच्न होईन । ’
बिद्यालयका प्रधानध्यापक प्रदिप बगालेले भन्नुभयो , ‘जस्तो नाम उस्तै बिद्यार्थी उत्पादन गर्न सफल भएका छौँ , अब अझ चुनौती हामिलाई थपिएको छ । ’ यस बर्षको परिक्षामा २ जनाले ३.९ र १७ जनाले ३.६ भन्दा माथी जिपीए ल्ययाएको बगालेले बताउनु भयो ।
बिश्व बजारमा प्रतिस्प्रर्धा गर्न सक्ने प्रबिधिमैत्री शिक्षा आजको आवश्यक्ता रहेको बताउँदै आजका बिद्यार्थी आईटी श्रेत्रलाई प्रमुख ज्ञानको स्रोत बनाउन आबाश्यक रहेको बिद्यालय सञ्चालक समिति सदस्य छबी अर्यालले बताउनु भयो ।
शिक्षकहरुको परिश्रम , बिद्यार्थीको श्रम र अभिभाबकको पसिनाले आज आफूँ जिल्लाकै उत्कृष्ट भएको करुण भट्टराईले बताउनु भयो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…