राष्ट्रिय परिचयपत्रका लागि स्याङ्जामा विवरण संकलन शुरु।


भवानी अधिकारी/स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम अन्तर्गत विवरण संकलनका काम शुरु गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासको फोटो खिचेर आवश्यक ब्यक्तिगत विवरण संकलनगरी सो कामको शुरु गरिएको हो ।
संकलन कार्य सुरु भएको जानकारी गराउदै प्रमुख सुन्दासले राष्ट्रिय परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुदा सबैले पत्र बनाउनु पर्नेमा जोड दिनुभयो । ्जिल्लाका सबै गाउँपालिका र नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलन गरेर ८ महिनाभित्र सक्नेगरी काम गरिने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो । लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा बाँडिने छ । अबदेखि नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने ब्यवस्था मिलाइएको पनि प्रजिअ निरौलाले बताउनुभयो ।
दश डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पप्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना समेत उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित ब्यक्तिले पाउनेछन ।
सरकारले थप गरेका १५ जिल्ला अन्र्तगत गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा जिल्ला अन्र्तगत स्याङ्जाले आर्थिक बर्षको अन्तिम दिन मंगलबारदेखि राष्ट्रिय परिचय पत्र बितरणको काम सुरु गरेको हो । औठा छाप सहितको विवरण भएको परिचयपत्र स्मार्ट कार्डजस्तो हुने सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी गराउनुभयो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…