केही दिन अझै भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह ।
काठमाडौं । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए ।
“आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ”, उनले भने । विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ । खासगरी २५ जिल्लामा कहिले मध्यम केहिले भारी वर्षा भइरहेने बताइएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ । खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


