पुष्पलालको स्मृति दिवस पारेर स्याङ्जामा विविध कार्यक्रम ।
आँधीखोला खवर/स्याङ्जा : ४१ औ पुष्पलाल स्मृति दिवस पारेर स्याङ्जामा विभिन्न कार्यक्रम गरिएको छ । हरेक बर्ष जस्तै युवा संघ स्याङ्जाले बृहत रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदानमा नेकपा केन्द्रिय सदस्य सिता कुमारी सुन्दासले वाईसिएल नेता तथा द्धन्द्धका घाइते मनिराम पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइर्टीको प्राबिधिक सहयोगमा गरिएको रक्तदनामा ३७ जनाबाट ३७ युनिट रगत संकलन गरिएको युवा संघका केन्द्रिय सदस्य भरत गोदारले जानाकारी दिनुभयो ।

पोखरामा रगतको अभाब भैरहँदा युवा संघले गरेको रक्तदानले अभाबलाई सहयोग गरेको हो । यहाँ ब्लड गु्रप ओ र एबाट सेतो रगत समेत संकलन गरिएको थियो ।
रक्तदान कार्यक्रममा केन्द्रिय सदस्य सुन्दासले कम्युनिष्ट पार्टीको स्थापना सगै नेपाली समाजमा बिभेदको अन्त्य भएको दावी गर्नु भयो ।
कम्युनिष्टको दुई तिहाईको सरकार र पार्टी एक ठाउँमा पुष्पलालको बाटोले गरेको बताउदै सुन्सासले पुष्पलालको सिदान्तलाई पुर्णता दिने काम अनुयायीको भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैरे, नेकपा गण्डकी प्रदेश सदस्य नारायण प्रसाद मरासिनी, युवा संघ नेता असोक मरासिनी लगायतले मन्तब्य राख्नु भएको थियो ।
उता , नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा पुष्पमदन स्पोर्ट फाउन्डेसन बिरुवा गाउपालिका ८ स्याङ्जाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
पुष्प मदन स्पोर्ट फाउन्डेसनको चौथो वाषिर्कोत्सव तथा पुष्पलालको स्मृति दिवसको अवसर पारेर बिरुवा गाउपालिका वडा नं ८ को पुष्प मदन रंगशाला र स्वास्थ्य चौकी परिसरमा बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष आयोजक समितिका सदस्य तथा सूर्योदय लघुवित्त वित्तीय संस्था का अध्यक्ष अनन्तकुमार श्रेष्ठले पुष्पलाल को योगदान चर्चा मात्र होईन उहाँको शैलिलाई ब्यवहारमा ल्याई संस्कृतिका रूपमा बदल्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बिरूवा गाउपालिका अध्यक्ष चुन प्रसाद शर्मा नेपाल कम्युनिस्ट पार्टी बिरूवा गाउपालिका प्रमुख नारायण थापाले मन्तव्य राख्नु भएको थियो । फाउन्डेसनका अध्यक्ष सूर्य कुवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


