पुष्पलालको बाटोलाई सबैले आत्मसाथ गरौं-नेकपा स्थायि कमिटि सदस्य अधिकारी ।

अर्जुन काफ्ले /स्याङ्जा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायि कमिटि सदस्य सोमनाथ अधिकारी प्यासीले पुष्पलालको बाटोलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपाका संस्थापक महासचिब पुष्पलालको ४१ औ स्मृति दिवसमा नेकपा स्याङ्जाले आयोजित नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान बिषयक बिचार गोष्ठिमा नेकपा गण्डकी प्रदेश सह इन्चार्ज समेत रहनु भएका नेता अधिकारी प्यासीले पार्टी स्थापनाको पाँच पुस्ताको अन्त्य हुदाँ पनि पुष्पलाल जिवीतै रहेको बताउनुभयो ।
पुष्पलाललाई गद्धार भन्ने आफु पनि रहेको बताउदै अधिकारीले आफुलाई अहिले पश्चताप लागेको बताउनुभयो । परिस्थितिले पुष्पलाललाई गद्धार भन्नु परेको बताउदै नेता अधिकारीले पुष्पलालको बिचार सधैभर ढिक र समय अनुकुल भएपनि बहुमतमा नभएको बताउनुभयो ।
पुष्पलालको बिचार पास हुँदा केशरजंग रायमाझी महासचिब भएको बताउदै नेता अधिकारीले तत्कालिन महासचिब रायमाझीका कारण नेकपा हराउने अवस्थामा पुगेको बताउनुभयो । रायमाझीका कारण कमजोर बनेको पार्टीलाई पुष्पलाल सहित ५/६ जनाले पार्टीलाई फेरी जोगाउने काम गरेको बताउनुभयो ।
राजतन्त्र प्रति नरम नेपाली काग्रेस भईरहदा पुष्पलाल काग्रेससँग मोह भंग गरेर आगडि बढेको बताउदै नेता अधिकारीले बिचार र सिद्धान्तमा अबिचलित भएपनि पुष्पलाल संगठनमा कमजोर रहेको बताउनुभयो ।
बिचार र सिद्धान्तलाई सबैको माझमा लान नसकेमा पुष्पलालको कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुने बताउनुभयो ।
उहाँले फलानो कम्युनिष्ट हुदाँ आफु भएको बताउनेहरुलाई बिचारबाट पोख्त बनाउनु पर्नेमा जोड दिनुभयो । जनप्रनिधि, पार्टी सदस्यलाई प्रशिक्षित गर्नुपर्ने बताउदै नेता अधिकारीले बिचार बिनाको कार्यकर्ता नदाएको गोरु बराबर भएको बताउनुभयो ।
सबै नेता कार्यकताहरु बिचारमा पुर्ण नहुँदा देशी देखि अर्तराष्ट्रिय बिचौलियाहरु लागेको अधिकारीको भनाई छ ।
उहाँले ०१४ सालको दोस्रो महाधिबेशनमा महासचिब रायमाझी राजाबादी हुदाँ पुष्पलाल कमजोर बन्दा समेत बिचलित नभएको बताउनुभयो । ०१७ सालको राजाको कदमको प्रतिपाद गरेको बताउदै नेता अधिकारीले पुष्पलालको बिचार कामको उच्च कदर अहिलने पनि भएको बताउनुभयो ।
उहाँले साधा जिवन र उच्च बिचारका धनि पुष्पलाल यथार्थ नेता र नागरिक भएको बताउनुभयो । स्वतन्त्रा र स्वाधिन ढंगले लड्ने पुष्पलालको खरानी समेत देशमा ल्याउन नसकिएको नेता अधिकारीको भनाई थियो ।
उहाँले गणतन्त्र लगायतका उपलब्धीलाई जोगाएर तथा सहि ढंगले सरकार चलाउन सकेमा मात्र पुष्पलालको सहि सम्झना हुने बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य सिता कुमारी सुन्दासले पुष्पलालको सम्मान गर्न सबै कम्युनिष्टहरु एक ठाउँमा हनुपर्ने बताउनुभयो । धैर्यता सबै एक ठाउँमा हुनुपर्ने बताउदै सुन्दासले नयाँ नेपालको जग बसाल्ने काम पुष्पलालले गरेको बाउनभयो ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरे, जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे, पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाका अध्यक्ष खड्कराज सुबेदी लगायले मन्तब्य राख्नु भएको थियो ।

Facebook Comments Box
TOP