बौद्धिकहरुको थलो हो,स्याङजा : कर्ण शाक्य ।


सुशील सुबेदी/स्याङ्जा : सकारात्मक सोँच अभियानका अभियान्ता कर्ण शाक्यले स्याङजा बौद्धिक बर्गको थलो भएको बताउनु भएको छ । ३ बर्ष अगाडि स्याङजाको वालिङ स्थित पतंञ्जली योग पीठ भबनबाट सकारात्मक सोँच समुहको स्थापना गरेको स्मरण गर्दै शाक्यले भन्नुभयो, ‘ यो क्षेत्र बौद्धिक समुहको उर्बर भुमी हो , आज यो अभियान विश्वव्यापी भएको छ । ’
सकारात्मक बोलौँ , सकारात्मक सोचौँ र सकारात्मक नै गरौँ भन्ने नारा सहित स्याङजाको वालिङमा आयोजना गरिएको सकारात्मक सोँच अभियानमा शाक्यले स्याङजालाई बौद्धिक जगताको पुलको उपमा दिनुभएको हो ।

वालिङ जेसिज र नमस्ते आँधिखोलाले संयुक्त आयोजना गरेको उक्त अभियानमा सकारात्मक सोँचका अभियान्ता कर्ण शाक्यले सकारात्मक सोँचको बिकाश नेपाली जनतामा हुन सके मात्र मुलुकको बिकाश हुने दावी गर्नु भयो
ईष्र्या र जलनले मानिसको पहिचानलाई नष्ट गर्ने बताउँदै उहाँले भन्नुभयो , ‘राम्रो भन्दा नराम्रोको पछाडि दौडने होईन , कसैले गरेको राम्रो कार्यको प्रशंसा पनि गर्न सिकौँ ।’
७७ वर्षीय अभियन्ता शाक्यले युवाहरुलाई आफ्नै देशमा मालिक भएर रहन सुझाव दिनुभयो । विश्वमा पाईने सबै खाले हावा पानि र जैविक बिबिधताले धनी नेपाली गुलाम बन्न बिदेश होईन नेपालमा बसेर मालिक बन्न सहभागीलाई सुझाब दिनुभयो ।
फरक प्रशंङ्गमा बोल्दै शाक्यले आँफ ुमाथी भ्रमक प्रचार संचार माध्यामले गरेको बताउनु भयो । पछिल्लो समय पोखरा स्थित फेवा तालको जग्गा अतिक्रमण , शाक्य र ज्ञानेन्द«को भेटघाट जस्ता हाबा बिषयलाई संचार माध्यामले अतिरंजित गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले सकरात्मक सोँचले नै समाज सभ्य हुने भन्दै आलोचना, टिका, टिप्पणीलाई स्वीकार गर्दै सकरात्मक सोँचको विकास गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सकरात्मक सोँच अभियानका दिवाकर राज कर्णीकार, अन्तिम गुरुङ, रोजीना आचार्य लगायतले सकरात्मक सोँचका बारेमा बोलेका थिए ।
सकारात्मक सोँच समुहको अभियान ३ बर्ष अगाडि वालिङबाट शुरु गरिएको थियो । अहिले नेपालको बिभिन्न ४० जिल्लाको ८८ स्थान र ७ वटा देशमा सकारात्मक सोँच समुह गठन भएको अभियान्ता कृष्ण जंग केसीले जानकारी दिनुभयो ।

सहासहिक खेलाडी एबं बाबु एड्भेन्चर्सका संचालक सानो बाबु सुनुवारले आँफु प्याराग्लाईडिङ क्षेत्रमा सफल हुन सकारात्मक सोँचले नै सहयोग गरेको बताउनु भयो । उहाँले सफलताका पाईलामा आफ्नो सफलताको अनुभब व्यक्त गर्नु भयो ।
कार्यक्रममा नमस्ते आँधीखोलाका उपाध्यक्ष गुमानसिंह रानाले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । नमस्ते आँधीखोलाका अध्यक्ष सुरजप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जेसिजका अध्यक्ष राजु तिवारी र सञ्चालन पत्रकार शुसिल सुवेदीले गर्नु भएको थियो । यस अभियानको बार्षिक संस्करण अगामीमा पनि गरिने आयोजकले बताएको छ ।



समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…