स्याङ्जा प्रहरीले एकै दिनमा नष्ट गर्यो झण्डै ५ हजार गाँजाको विरुवा ।


आँधीखोला खवर/स्याङ्जा :
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्याङ्जाका विभिन्न ठाँउमा रहेका गाँजाका विरुवा नष्ट गरिएको छ । प्रहरीले एकै दिन ४ हजार ३ सय ६३ वटा गाँजाका विरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले जिल्लाभर गरेर झण्डै १७ रोपनीमा रहेको गाँजाका विरुवालाई नष्ट गरिएको बताउनु भयो ।

प्रहरीले वालिङ नगरपालिकाको वडा नम्वर ७ र १२, चापाकोट नगरपालिकाको वडा नम्वर ६,भिरकोट नगरपालिकाको वडा नम्वर ८ आँधीखोला गाँउपालिकाकोे वडा नम्वर २, अर्जुनचौपारी गाँउपालिकाको वडा नम्वर ३, हरिनास गाँउपालिकाको वडा नम्वर ३ तथा कालिगण्डकी गाँउपालिकाको वडा नम्वर ४ मा रहेका गाँजाका विरुवालाई संकलन गरि नष्ट गरिएको हो ।
यस्तै प्रहरीले चापाकोट र विरुवामा समुदाय केन्द्रित कार्यक्रम समेत गरेको छ ।

समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…