स्याङ्जा प्रहरीले एकै दिनमा नष्ट गर्यो झण्डै ५ हजार गाँजाको विरुवा ।

आँधीखोला खवर/स्याङ्जा :
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्याङ्जाका विभिन्न ठाँउमा रहेका गाँजाका विरुवा नष्ट गरिएको छ । प्रहरीले एकै दिन ४ हजार ३ सय ६३ वटा गाँजाका विरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले जिल्लाभर गरेर झण्डै १७ रोपनीमा रहेको गाँजाका विरुवालाई नष्ट गरिएको बताउनु भयो ।

प्रहरीले वालिङ नगरपालिकाको वडा नम्वर ७ र १२, चापाकोट नगरपालिकाको वडा नम्वर ६,भिरकोट नगरपालिकाको वडा नम्वर ८ आँधीखोला गाँउपालिकाकोे वडा नम्वर २, अर्जुनचौपारी गाँउपालिकाको वडा नम्वर ३, हरिनास गाँउपालिकाको वडा नम्वर ३ तथा कालिगण्डकी गाँउपालिकाको वडा नम्वर ४ मा रहेका गाँजाका विरुवालाई संकलन गरि नष्ट गरिएको हो ।
यस्तै प्रहरीले चापाकोट र विरुवामा समुदाय केन्द्रित कार्यक्रम समेत गरेको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


