वुवा आमाको सम्झनामा वृद्धवृद्धालाई आ-आफ्नै तस्वीर उपहार ।


आँधीखोला खवर/वालिङ :
वालिङका व्यवशायी बिमल खनालले रामनदीधाम राम्दीमा वस्दै आएका वृद्धवृद्धाहरुलाई उनीहरु कै तस्वीर बनाएर उपहार स्वरुप प्रदान गर्नु भएको छ । उहाँले आफ्ना वुवा स्वर्गीय हुमनाथ खनाल र आमा स्वर्गीय देवका खनालको सम्झनामा शिव पार्वती वृद्धाश्रममा बस्दै आएका १८ जना वृद्धवृद्धालाई उनीहरु कै तस्वीर बनाई प्रदान गर्नु भएको हो । वालिङमा सुविधा डिजिटल कलरल्याव सञ्चालन गर्दै आउनु भएका खनालले बोलबम समिति वालिङका सदस्यहरुको उपस्थितीमा वृद्धवृद्धाहरुलाई तस्वीर प्रदान गर्नु भएको हो ।

तस्वीर प्रदान गर्दै व्यवशायी खनालले भन्नुभयो “यहाँ बस्ने वृद्धवृद्धाहरुलाई मैले आफ्नै वुवा आमा जस्तै मानेको छु ।” उहाँले थप्नु भयो, “व्यवशायबाट वचत भएको रकम केही मात्रामा भए पनि सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने सोचका साथ यो काम गरेको हुँ ।”
तस्वीर हस्तान्तरण कार्यक्रममा बोल्दै बोलबम समितिका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले आफूहरु समाजमा निश्वार्थ सेवा गर्न भन्दै एकजुट भएको जानकारी दिनुभयो । उहाँले समाजको सकारात्मक परिवर्तनको लागि युवाहरु एकजुट भएर लागेको पनि वताउनु भयो । आ—आफ्नै तस्वीर उपहार स्वरुप पाए पछि वृद्धवृद्धा निक्कै हर्षित भएको शिव पार्वती वृद्धाश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।



समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…