वुवा आमाको सम्झनामा वृद्धवृद्धालाई आ-आफ्नै तस्वीर उपहार ।

आँधीखोला खवर/वालिङ :
वालिङका व्यवशायी बिमल खनालले रामनदीधाम राम्दीमा वस्दै आएका वृद्धवृद्धाहरुलाई उनीहरु कै तस्वीर बनाएर उपहार स्वरुप प्रदान गर्नु भएको छ । उहाँले आफ्ना वुवा स्वर्गीय हुमनाथ खनाल र आमा स्वर्गीय देवका खनालको सम्झनामा शिव पार्वती वृद्धाश्रममा बस्दै आएका १८ जना वृद्धवृद्धालाई उनीहरु कै तस्वीर बनाई प्रदान गर्नु भएको हो । वालिङमा सुविधा डिजिटल कलरल्याव सञ्चालन गर्दै आउनु भएका खनालले बोलबम समिति वालिङका सदस्यहरुको उपस्थितीमा वृद्धवृद्धाहरुलाई तस्वीर प्रदान गर्नु भएको हो ।

तस्वीर प्रदान गर्दै व्यवशायी खनालले भन्नुभयो “यहाँ बस्ने वृद्धवृद्धाहरुलाई मैले आफ्नै वुवा आमा जस्तै मानेको छु ।” उहाँले थप्नु भयो, “व्यवशायबाट वचत भएको रकम केही मात्रामा भए पनि सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने सोचका साथ यो काम गरेको हुँ ।”
तस्वीर हस्तान्तरण कार्यक्रममा बोल्दै बोलबम समितिका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले आफूहरु समाजमा निश्वार्थ सेवा गर्न भन्दै एकजुट भएको जानकारी दिनुभयो । उहाँले समाजको सकारात्मक परिवर्तनको लागि युवाहरु एकजुट भएर लागेको पनि वताउनु भयो । आ—आफ्नै तस्वीर उपहार स्वरुप पाए पछि वृद्धवृद्धा निक्कै हर्षित भएको शिव पार्वती वृद्धाश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।



समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


