भीरकोट ५ लाई फलफुल वडाको रुपमा विकास गर्ने अभियान शुरु ।

आँधीखोला खवर/भीरकोट :
भिरकोट नगरपालिका वडा नं ५ लाई फलफुल वडाको रुपमा विकास गर्ने अभियान शुरु गरिएको छ । वडाले प्रत्येक घरधुरीलाई फलफूल बिरुवा वितरण गरेर अभियानको शुरु गरेको हो । वडाका ७ सय ६८ घरधुरीदाई निःशुल्क रुपमा कागतीका बिरुवा वितरण गरिएको वडा अध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
व्यवसायीक खेति गर्ने किसानका लागि समेत एक हजार कागती र पाँच सय सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।
विरुवा वितरणको लागि वडामा रहेका टोल विकास समितिका अध्यक्षहरुलाई जिम्मा दिईएको छ । टोल विकास समितिका अध्यक्षले प्रत्येक घरघरमा विरुवा पुर्याउन सहयोग गर्ने बताईएको छ । कार्यक्रममा वडा अध्यक्ष अधिकारीले भीरकोट ५ फलफुलका हिसाबले अत्यन्त संभावना रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर थापा, पेक माया सार्की, नवीन थापा टोल समिति संयोजक जगन्नाथ अर्याल लगायतले बोलेका थिए । वडालाई सफा राख्न भन्दै कार्यक्रममा डस्टविन समेत वितरण गरिएको थियो । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मिना खांण र सञ्चालन याम प्रसाद अधिकारी कृष्णले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


