अवरुद्ध सिद्धार्थ राजमार्ग अन्गर्तको स्याङ्जा-पाल्पा सडक खण्ड ९ घण्टा पछि सुचारु ।


आँधीखोला खवर/मालुङ्गा
लेदो माटो राजमार्गमा आए पछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्गर्तको स्याङ्जा-पाल्पा सडक खण्ड झण्डै ९ घण्टा पछि सुचारु भएकोे छ । गल्याङ नगरपालिका वडा न १ मालुङ्गामा माथिबाट आएको लेदो माटोले सडक अवरुद्ध बनाएको थियो । गए रातीबाट अवरुद्ध भएको राजमार्ग विहान ९ वजे मात्रै सुचारु भएको प्रहरीले जनाएको छ ।
असारे बजेट सकाउन हतार—हतार ग्रामिण सडक खन्दा वर्षासँगै लेदो माटो राजमार्गमा आएको तरुणदल स्याङ्जाका सचिव चन्द्र रानाले जानकारी दिनुभयो । रातीबाट नै जाममा परेका सचिव रानाले भन्नुभयो ‘केही दिन पहिले खनिएको ग्रामिण सडकका कारण बाटो अवरुद्ध बनेको हो । ‘
सडक एकतर्फी सञ्चालनमा आएको प्रहरी चौकी गल्याङले जनाएको छ ।



समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…