बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन


बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन भएका छन् । मंगलबार मध्यान्ह सार्वजनिक भएको मतपरिणाम अनुसार कन्जरभेटिभ पार्टीका कार्यकर्ताले जोन्सनलाई बेलायतको प्रधानमन्त्रीमा निर्वाचित गरेका हुन् ।
पूर्वविदेश मन्त्रीसमेत रहेका जोन्सनले बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका हुन् । औपचारिक रुपमा प्रधानमन्त्रीको घोषणा कामचलाउ प्रधानमन्त्री टेरिजा मेले पदत्याग गरेलगत्तै भोलि बुधबार हुनेछ ।
एक लाख ६० हजार सांसदले गरेको मतदानमा जोन्सनले ९२ हजार १५३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दीले ४६ हजार ६५६ मत ल्याएका छन् ।
जोन्सन प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि टेरिजा मेले बधाई दिएकी छन् । उनले ब्रेक्जिट सम्झौताका विषयमा मिलेर काम गर्न र आफ्नो पूर्ण समर्थन रहेन बताएकी छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि जोन्सनले आफूसँग पराजित हन्ट र बाहिरिँदै गरेकी प्रधानमन्त्री मेलाई सम्मान व्यक्त गरेका छन् । उनले हन्टलाई ‘फन्ट अफ एक्सलेन्ट आइडिया’ (उत्कृष्ट विचारक) भएको बताएका छन् । त्यसैगरी मेलाई यति लामो समयसम्म राष्ट्रको सेवा गरेको भन्दै सम्मान व्यक्त गरेका हुन् । एजेन्सी
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…