मालवस्तुको ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट, एक वर्ष परिक्षणमा राख्न महासंघको आग्रह ।

आँधीखोला खवर/स्याङ्जा :
नयाँ आर्थिक वर्षको सुरुआतसँगै राजश्व अनुसन्धान विभागले भेहिकल ट्रयाकिङ सिस्टम लागु गर्ने भएको छ । देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिस्टम साउन १ देखि वुधवारबाट लागू गर्ने घोषणा गरिसकेको छ ।
विभागले उक्त सिस्टमका लागि नयाँ सफ्टवेयर बनाएर कार्यान्वयन गर्न लागेको हो । सफ्टवेयरमा सम्पूर्ण विवरण ‘इन्ट्री’ गरिसकेपछि एक ठाउँबाट हिँडेको सवारीसाधन निर्वाधरुपमा गन्तव्यमा पुग्न सक्ने विभागले जनाएको छ । उक्त प्रणाली शुरु भए पछि देशभरबाट विभागका चेक पोष्ट हट्ने विभागले जनाएको छ ।
विभागको वेवसाइटमा गएर विवरण राख्दा प्राप्त हुने ‘क्यू आर कोड’ का माध्यमबाट उक्त सवारी साधन कहाँबाट छुट्यो, कहाँ पुग्यो र सामान कहाँ झार्याे भन्नेबारे निगरानी गर्न सकिने बताईएको छ ।

सरकारले ०७१ सालमै अनलाइनमा आधारित निगरानी प्रणाली अपनाउने घोषणा गरेको थियो । यसबाहेक जीपीएस जडान गरी सवारी साधनको निगरानी गर्ने घोषणासमेत सोही समयमा भएको थियो । तर, आवश्यक सफ्टवेयर बनाउन नसक्दा घोषणा कार्यान्वयन हुन सकेको थिएन ।

ढुवानी सेवा कम्पनी, उद्योग, थोक व्यापारी, आयातकर्ता, भन्सार एजेन्टजस्ता मालवस्तु ओसारपसारमा संलग्न प्रयोगकर्ताले सर्वप्रथम विभागको वेवसाइटमा गएर दर्ता गर्नुपर्छ । दर्ता गर्ने क्रममा स्थायी लेखा नम्बर पनि राख्नुपर्ने हुन्छ । दर्ता भइसकेपछि देखिने मेनुबाट प्रयोगकर्ताले आफ्नो र अन्तर्गत शाखाको ‘यूजर आइडीरपासवर्ड’ बनाउन सकिन्छ । यसबाहेक प्रयोगकताले ढुवानी साधनको विवरण यस प्रणालीमा प्रविष्टि गर्न सक्छन् ।

सोही मेनुबाट विलविजक र प्रज्ञानपत्र, चलान, डेविट क्रेडिट र नोट जस्ता विवरण भर्न सकिन्छ । स्वघोषणा गरेका सामग्रीको विवरण हेर्न सकिन्छ ।
यसैवीच यो प्रणाली तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । ट्रयाकिङ सिस्टम लागू हुने पूर्वसन्ध्यामा प्रेस वक्तव्य जारी गर्दै महासंघले साउन १ गतेदेखि नै अनिवार्य रुपमा लागू नगर्न आग्रह गरेको हो ।

Facebook Comments Box
TOP