राष्ट्रियता कमजोर बनाउने खेल भैरहेको छ-कांग्रेस केन्द्रिय सदस्य गुरुङ ।
भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रियता कमजोर बनाउने खेल भैरहेको बताउनुभएको छ । सरकारका गतिबिधीका कारण दिनप्रतिदिन राष्ट्रियता कमजोर बन्दै गएको उहाले बताउनुभएको हो ।
नेपाल बिद्यार्थी संघ फेदिखोला गाउँपालिकाद्धारा आयोजित एसईई (माध्यमिक शिक्षा परिक्षा) परिक्षा उत्र्तीण बिद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै नेता गुरुङले सरकारले जनमत बुझेर काम गर्न नसकेका राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको हो ।
‘समृद्धीको नारा लगाउने सरकार आफैं संस्थागत भ्रष्टाचारमा डुवेको छ । भ्रष्टाचार, महंगी, हत्या, हिंसा, बलात्कार नियन्त्रण नभएसम्म सम्मृद्धी र सुखी नेपाली बन्न सक्दैनन् । ’ उहाले भन्नुभयो ‘ गरिब जनतावाट महंगो कर लिएर नसुहाउदो सुबिधा लिने जनप्रतिनिधीको सेवा सुबिधामा नियन्त्रण गर्नुपर्दछ ।’
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, जनप्रतिनिधिको सेवा सुविधा बढाएर जनताको ढाड सेक्ने काम भएको नेता गुरुङको भनार्इं छ । गरिव जनताले तिरेको करबाट राष्टपतिले करोडौको सवारी चढ्नु लज्जास्पद भएको बताउदै भ्रष्टाचारलाई रोक्न र राष्ट्रियता बचाउन सबै नागरिक एक हुनु पर्ने समय आएको गुरुङको भनाई छ ।
देश चलाउने नेता इमान्दार बने मात्र विकास र समृद्धीले गति लिने बताउदै दुई तिहाईको बहुमत प्राप्त सरकारका दुई बर्षे कार्यकाल पनि खासै उपलब्धी मुलक नदेखिएको उहाको भनाई छ । संविधानसभा सदस्य समेत रहनुभएका युवा नेता गुरुङले संबिधानतः प्राप्त मौलिक हक अन्र्तगत रहेका वाक स्वतन्त्रता, मानवअधिकार लगायतमा अंकुश लगाउन खोज्ने सरकारका गतिबिधीबिरुद्ध नेपाली कांग्रेस, नेपाल बिद्यार्थी संघ लगायत सबै भातृसंगठनले खवरदारी गरेर अंकुश लगाउने बुदालाई सच्चाउन दवाव दिनु पर्नेमा उहाको जोड छ ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष अजित क्षेत्री, फेदिखोला गाँउपालिकाका कांग्रेस नेता तारापति सुवेदी, नेपाली कांग्रेस गाउपालिकाका संयोजक महेन्द्र थापा, समाजसेवी विश्वबन्धु पौडेल, नारायण पौडेल, सचिव हिक्मतजंग कार्की, रोजिना खड्का लगायतले लोकतन्त्र कमजोर बनाउने खेल हुन थालेको को चिन्ता ब्यक्त गर्नुभएको थियो ।
नेपाल बिद्यार्थी संघ फेदिखोला गाँउपालिकाका संयोजक महेश खड्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ सय ७६ जना एसईई उत्र्तीण एवं सहभागी बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
यसैगरी, सोही कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रभावशाली नेता देवबहादुर अधिकारी लगायत सो पार्टी परित्यागगर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …