नेपाली सहयोगी हातहरु युएईको दोश्रो अधिवेशन सम्पन्न ।


आँधीखोला खवर/युएई
नेपाली सहयोगी हातहरु युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन् २०१९—२०२१ कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । दुबई स्थित ग्राण्ड फच्र्युन होटलमा भएको कार्यक्रममा रोजगारको शिलशिलामा युएईमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । अधिवेशनले राजु भुर्तेलको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा नारायण ढकाल रहनु भएको छ । त्यस्तै उपाध्यक्षमा विष्णुमाया पाण्डे, महासचिवमा दीपककुमार शिवाकोटी, सचिवमा विष्णु भुषाल,कोषाध्यक्षमा विजय अधिकारी र सहकोषाध्यक्षमा विष्णु कुमाल चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा नरसिंह थापा, नुन बहादुर आले,पार्वती पुन,नारायण प्रसाद सुवेदी, राम भण्डारी, दिलसिंह गुरुङ्ग,रीमा लामा, प्रकाश ढकाल रहनु भएको छ ।
अधिवेशनले ७ सदस्यीय सल्लाहकारको समेत गठन गरेको छ । नेपाली सहयोगी हातहरु युएईको संरक्षक थमनबहादुर आले र विशिष्ट सल्लाहकारमा श्री कृष्ण पौडेल रहनु संस्थाले जनाएको छ ।
त्यस्तै अन्य सल्लाहकारहरुमा परशुराम धिमिरे, लक्ष्मी भट्टराई,मनिश पौड्याल,शन्तोश शिवाकोटी र जमुना अधिकारी रहनु भएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्षमा नारायण ढकालले जानकारी दिनुभयो ।





समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…