नेकपा चापाकोटले वृक्षारोपण गरेर पुष्पलाल स्मृति दिवस मनायो ।

रामचन्द्र भट्टराई/चापाकोट :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चापाकोट नगर कमिटीले पुष्पलाल स्मृति दिवस मनाएको छ । आज चापाकोटमा वृक्षारोपण गरेर पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औ स्मृति दिवस मनाईएको हो । कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हरि पंज्ञानीले पुष्पलालको जीवनी र योगदानको चर्चा गर्नुभएको थियो ।


वडा नं ९ कमिटिका अध्यक्ष विष्णु आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रममा किसान महासंघ केन्द्रीय सदस्य हरी भट्टराई ,नेकपा जिल्ला कमिटी सदस्य शिव पंज्ञानी, दिलु थापा ,रुकविर विक,ज्येष्ठ सदस्य दामोदर सुवेदी लगायतले पार्टीको एकीकरण र भावि रणनीतिका बारेमा आ—आफ्नो विचार राखेका थिए ।
नेकपा चापाकोट नगर कमिटीका अध्यक्ष सिताराम गैह्रेको सभापतित्वमा भएको कार्यक्रमको संचालन नगर कमिटीका सचिव राजु कोईरालाले गर्नुभएको थियो । नेकपाले चापाकोट ९ को शितल पार्कमा अमला,धुपी,तेजपात लगायतका झण्डै २०० बिरुवा रोपेको टिकाराम श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP