सन्दर्भ १०६ औं भानु जयन्ती : स्याङ्जाको ईतिहास मै पहिलो पटक मुक्तक वाचन कार्यक्रम वालिङमा।
राधाकृष्ण डुम्रे/वालिङ :
१०६ औ भानु जयन्तीको अवसरमा वालिङमा साहित्यीक विशेष कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा मुक्तक वाचनको पहिलो विशेष कार्यक्रम एवं क्षितिज यात्रा र आभार मुक्तक कृति विमर्श कार्यक्रम गरिएको हो ।
स्याङ्जाली साहित्यको इतिहासमा नै पहिलोपटक आयोजना गरिएको विशेष मुक्तक वाचन कार्यक्रममा जिल्ला भरका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले साहित्य मानव जीवनका लागि अपरिहार्य रहेको बताउनु भयो । उहाँले साहित्यले मानिसलाई जीउन सिकाउने दावी गर्नु भयो ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा १० जना स्याङ्जाली युवा मुक्तककार र १ जना मकवानपुरे युवा मुक्तककारको विशेष मुक्तक वाचन रहेको थियो ।
कार्यक्रममा डाक्टर श्यामप्रसाद न्यौपाने ,अग्निकुमार रेग्मी पल्लव, विश्वनाथ सन्जेल मकवानपुर, पराजित रेशम गोतामे , डोलराज विकल्प डुम्रे, लक्ष्मी अर्पणा, जूनतारा सङ्गम, भरत पोख्रेल अन्जान, तोरणराज बस्याल, सीता पङ्गेनी, दुर्गा सारु लगायतले मुक्तक बाचन गरेका थिए ।
कार्यक्रममा लक्ष्मी अर्पणाको नवीनतम मुक्तक कृति ‘आभार’ र विश्वनाथ सन्जेलको नवीनतम मुक्तक कृति ‘क्षितिज-यात्रा’को बारेमा विमर्श समेत भएको थियोे । कृति ‘आभार’ माथि वसन्त खनालले र ‘क्षितिज-यात्रा’ माथि शम्भु अर्यालले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मुक्तक वाचकको रूपमा महानन्द ढकाल , तीलक भट्टराई अन्जान , नारायणप्रसाद ज्ञवाली , राज भट्टराई र सुर्यप्रसाद डुम्रे लगायतले आफ्ना मुक्तक वाचन गरेका थिए ।
स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव मिलन समीरले सन्चालन गरेको कार्यक्रममा स्वागत रविन केसीले गर्नु भएको थियो । विशेष वाचनमा उभिएका ११ जना मुक्तककारलाई कदर पत्र प्रदान गरिएको थियोे ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…