मिडिया काउन्सिल बिधेयक बिरुद्ध प्रजातान्त्रिक बिचार समाज स्याङ्जाको ध्यानाकर्षण ।

आधिखोला खवर / स्याङजा :
मिडिया काउन्सिल सम्बन्धी बिधेयक बिरुद्ध प्रजातान्त्रिक बिचार समाज स्याङ्जाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै मंगलबार ज्ञापनपत्र पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजका पदाधिकारी सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

लामो संघर्ष र निरन्तर ६५ बर्षको संघर्षवाट उपलब्धीलाई जोगाउदै संस्थागत अभ्यासले परिस्कृत र परिमार्जित गर्नु पर्ने दायित्व अझै जीवन्त रहेको अवस्थामा स्वतन्त्र प्रेस तथा अभिब्यक्तिमाथिको प्रहारले सत्य तथ्य रोक्ने प्रयास गरेको उल्लेख गरिएको छ ।
समाजका अध्यक्ष मुक्तिप्रसाद सुवेदीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा संबिधानको मर्म विपरित आफनै हस्ताक्षर बिरुद्ध स्वतन्त्रताको नैसर्गिक अधिकारको बिरुद्धमा हालै मिडिया काउन्सिल सम्बन्धी बिधेयक संसदमा दर्ता भएको उल्लेख छ । दुई तिहाई सत्ताको उम्मादमा बर्तमान सरकारले निरंकुश र अधिनायकवादको पृष्ठपोषण गर्ने उदेश्यले ल्याएको बिधेयकमा नागरिकका आवाज बन्द गर्ने, सत्यको घाँटी रेट्ने र सत्य तथ्य रोक्ने प्रयास गरेको जनाइएको छ ।
संबिधानसभा मार्फत निर्मित नेपालको संबिधान २०७२ को मौलिक हक अन्र्तगत स्वतन्त्र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई दलिय सहमतिमै प्रस्तावनामा राखेर पनि लोकतन्त्रमा राज्यको चौथो अंगमाथिको प्रहार कुनै पनि प्रजातान्त्रिक बिचार समर्थकलाई स्वीकार्य नहुने प्रेषित ज्ञापनपत्रमा उल्लेख छ । अभिब्यक्तिको विश्वब्यापी स्वतन्त्रतालाई कुण्ठित गर्ने अभिप्रायले संसदमा दर्ता गरिएको मिडिया काउन्सिल बिधेयक फिर्ता गरी नेपालको लोकतान्त्रिक अभ्यास धुमिल नपार्न प्रजातान्त्रिक समाज स्याङ्जाले सरकारसंग माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले आफुलाई प्राप्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने बताउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…