मेस्सीलाई माफी माग्न आग्रह
अर्जेन्टिनाको खेलकुद अदालतले कोपा अमेरिका कप दौरान रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ ।
एक साताअघि ब्राजिलमा सम्पन्न कोपा अमेरिकाअन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सही निर्णय लिन नसकेको आरोप लगाउँदै नकारात्मक अभिव्यक्ति दिएका थिए । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए । सोही कारण मेस्सीलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले कारबाहीको तयारी गरिरहेको छ ।
यस क्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारबाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘म मेस्सीलाई लामो कारबाहीबाट वञ्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ । उनले जे भने त्यो सही थिएन र यसका लागि लामो कारबाही हुन सक्छ,’ उनले प्रस्ट पारे । मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्वीकार गरेका थिए । मेस्सीले अर्जेन्टिनाबाट अझै पनि उपाधि जित्न सकेका छैनन् ।
गत जुनमा यूईएफए नेसन्स कपका दौरान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफूलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डरले खुलाएका थिए । आयाक्सलाई गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याउन डे लिग्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आयाक्सलाई लिग च्याम्पियन पनि बनाएका थिए । नेदरल्यान्ड्सबाट खेल्दै यूईएफए नेसन्स लिगको उपविजेता बनेका उनको टोली पोर्चुगलसँग फाइनलमा पराजित भएको थियो ।आजको राजधानी दैनिकमा समाचार छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


