गल्याङ क्षेत्रका कृषकलाई पाँच सय वटा मौरीका घार ।
नारायण विश्वकर्मा/ गल्याङ :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्र स्याङ्जाले मौरी ब्लक संचालक समिति गल्याङ्मा आवद्ध कृषकलाई गोला सहित मौरीका घार वितरण गरेको छ ।
कृषि ज्ञान केन्द्रले मौरी ब्लक संचालक समिति गल्याङ्लाई ५० प्रतिशत अनुदानमा दिएको पाँच सय वटा गोला सहित मौरीका घार मध्य एक सय ५० वटा वितरण गरेको हो ।
मौरी ब्लक संचालक समिति गल्याङ्का सचिव दिपक अधिकारीले हाल गल्याङ् नगरपालिका वडा नम्बर ३, ७, ८ र १० का २५ जना कृषकलाई घार वितरण गरिएकोे बताउनु भयो । ‘एक साता भित्र मौरी ब्लक संचालक समिति गल्याङ्मा आवद्ध ९० जना कृषक मध्य बाँकी ६५ जना कृषकलाई गोला सहित मौरीका घार वितरण गरिने छ ।’ उहाँले भन्नुभयो,–‘एक कृषकले पाँच वटा घारमा अनिवार्य मौरी पाल्नुपर्ने सर्त छ, इच्छुकले पाँच भन्दा धेरै घार लैजान सक्नेछन ।’
‘एउटा गोला सहितको घारको जम्मा मुल्य आठ हजार पर्छ कृषकले अनुदानमा चार हजारमा लगेका छन ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्न तालिम सहित कुल ६७ लाख बराबर बजेट नियोजन भएको अधिकारीको भनाई छ ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले गल्याङ्लाई मौरीको पकेट क्षेत्र बनाउने बताउनु भयो । उहाँले मौरीको उत्कृष्ट आहारा सुर्यमुखी फुललाई बाँदरले समेत नखाने भएकाले नयाँ आर्थिक वर्षमा सम्भाभित क्षेत्रमा लगाउने स्पष्ट पार्नु भयो । उहाँले गल्याङ् नगरपालिकामा खाध्यन्नबाली र फलफुलमा बाँदरले अत्यन्त सताउने गरेकाले यस क्षेत्रको मुख्य पेसा मौरीपालन बनाउने जानकारी दिनुभयो ।
कृषक रिता सापकोटाले ५० प्रतिसत अनुदानमा मौरी सहितका घार पाउनु कृषकका लागि हौसला पुगेको बताउनु भयो । उहाँले आफुले यो कार्यक्रमले व्यावसायीक बन्न प्रेरणा दिएको स्पष्ट पार्नु भयो । अर्का कृषक श्रीगणेश प्रसाद अधिकारीले अनुदान पक्रिया झन्जट भएकाले सुन्य प्रतिशतमा ऋण पाए आफु जस्ता व्यावसायीक कृषकलाई फाईदा पुग्ने बताउनु भयो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …