घनश्याम रिजालको “माईतीको आँगनी ” सार्वजनिक, यहि वर्ष मात्रै रिजालले गरे ५ वटा तिज गितका शव्द सिर्जना ।

आँधीखोला खवर/स्याङ्जा :
महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जाँदा कलाकारहरुलाई तीजको रौनकले छोएको छ । फरक—फरक शैलीका तिजका गीतहरु बजारमा आईरहकाछन् । यता चर्चित गायक तथा शव्द सर्जक धनश्याम रिजालले तीज गीत“माइतीको आँगनी” लिएर आउनु भएको छ ।
उत्कृष्ट शैलीमा एक चेलीको कथालाई गीतमा उतारिएको छ जस्मा एक चेलीलाई माईती घरमा आमा बाबा हुँदा र नहुँदाको अवस्थामा भोग्नु पर्ने पक्षलाइ समेटिएको छ । सर्जक घनश्याम रिजालको लय शब्दमा गीतलाई गायिकाद्वय मधु चापागाई र सुनिता नेपालीले स्वर दिएकाछन् । गीतलाई रिजालकै युट्युब मार्फत सार्वजनिक गरिएको हो । प्रकाश भट्टको निर्देशन रहेको गीतमा मुध सुनिता सँगै केदारनाथ अधिकारी, माया गिरी, अशोक पौडेल, गीता तिवारी र संकल्प सुवेदीको अभिनय छ । गीतमा संगीत संयोजन तारानाथ आचार्यको छ । गीतलाई पोखरामानै छाँयाकन गरिएको हो ।
रिजाल भन्नुहुन्छ—“माइतीमा दाजुभाई भाउजु बुहारीले जति माया गरेपनि बाआमा बिनाको माइती अनि तीज आमा बाबा जस्तो रमाइलो लाग्दैन । त्यही विषयलाई गीतमा प्रस्तुत गरेको छु ।” रिजालका अनुसार तीज गीतको विशेषता भनेको मौलिकता हो । मौलिकता बिनाको तीज गीतको औचित्य रहदैन । उहाँले थप्नुभयो—“सबै त नभनौ तर धेरै जसो तीज गीतहरुमा अहिले मौलिकता हराएका छन रिजालले क्षणिक भरको खुसीका लागी सिर्जना नबिर्गान कलाकारलाई अनुरोध समेत गर्नु भएको छ । रिजालकै सिर्जनामा मात्रै यो वर्ष ५ वटा तीज गीत बजारमा आउदै छन । जस्मा “माइतीको आँगनी” सार्वजनिक भइसकेको छ । अन्य चार ‘मेरी मायालाई, चेलीलाई प्यारो माइत, चेली र मादलु बजाएर’ सार्वजनिक हुन बाँकी छ । रिजालका यसअघि ‘भन्देउन माया, घर सुन्य भो, मस्र्याङदी नदीको छल्को, छुन हुनि भए त र माइती’ लगायतका तीज गीत बजारमा आइसकेका छन् ।
हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


