स्याङ्जा-माछा मार्ने नौ जना पक्राउ ।

चापाकोट – ५ गिलाङस्थित ज्याग्दीखोलामा माछा मार्ने नौ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझको समयमा सलाइको काँटीमा प्रयोग हुने बारुदजस्तो देखिने प्लाष्टिकको डोरीले बेरेको माछा मार्न प्रयोग हुने विष्फोटक पदार्थ एक थानसहित नौ जनालाई नियन्त्रणमा लिईएको स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
प्रवक्ता भण्डारीका अनुसार पक्राउ पर्नेहरु सबै चापाकोट नगरपालिका– ३ का हुन् । पक्राउ पर्नेमा राजेन्द्र हमाल, प्रदीप थापा, दीपेन्द्र थापा, सागर हमाल, खिमबहादुर मल्ल, सुनिल कुँवर, खेम थापा, प्रवेश हमाल र हेमलाल थापा रहेका छन् ।
पक्राउ परेका नौ जनालाई नै नियन्त्रणमा लिई आज स्याङ्जा जिल्ला अदालतबाट ‘विष्फोटक पदार्थ सम्बन्धी कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


