लोक स्टारबाट स्याङ्जालाई चिनाउँछु : गोतामे ।

नारायण विश्वकर्मा /स्याङ्जा :
जादुमय स्वरका धनी चेतन गोतामे नेपाल लोक स्टारको मेघा अडिसनमा सफलताका साथ उतिर्ण हुनु भएको छ । स्याङ्जाको वालिङ् नगरपालिका–१४, विकट गाउँ छापमा जन्मेका गोतामेले पोखराबाट अडिसन दिनुभएको थियो । लोक संगीतको उर्वर मुमि मानिने स्याङ्जाबाट गोतामे एक्ला लोक स्टारका प्रतिस्पर्धी रहनु भएको छ । उहाँले अडिसनमा वर्षा याम लाग्यो त्यो सेतिखोला सालैजो उर्लेछ वेसरी बोलको गीत गाउनु भएको थियो भने मेगा अडिसनमा सिरैमा लाउने सिरफुल ए है बोलको गीत गाएर निर्णायकहरुको मन जित्नु भएको थियो । आइएमइ लोक स्टारको अडिसनबाट देशैभर छानिएका एक सय नौ जना प्रतिस्पर्धीले मेघा अडिसनमा भाग लिएका थिए । जस मध्य अर्को राउण्डको लागि छानिएका २५ जना मध्य गोतामे पनि एक हुन ।

नेपाली मौलिक लोक संगीत अत्यन्त मन पराउने गोतामेले पछिल्लो क्रममा आफ्नो प्रमुख पेसा गीतसंगीतलाई नै बनाउनु भएको छ । विशेष गरेर स्याङ्जाका स्थानीय परिवेशलाई गीतको मालामा उनेर गीत गाउने उहाँ गायक, सर्जक र संगितकार समेत हुनुनहुन्छ । एक सय भन्दा वढि गीतमा आफ्नो स्वर दिएका गोतामे सवै संग मिल्न सक्ने सहयोगी भावनाको इमान्दार कलाकारको रुपयमा परिचय बनाईसकनु भएको छ ।
गोतामे गाउमा कतै रमाइलो भएको थाहा पाए अरु भन्दा पहिले गीत गाउन अगाडि सर्ने गर्नुहुन्थ्यो । समाज सेवामा पनि निक्कै अगाडि देखिने गायक गोतामले स्याङ्जाका् प्रतिष्ठाका निम्ती आफु लोक स्टारमा सहभागी भएको बताउनु भयो । नेपाल लोक स्टारको उपाधी स्याङ्जाले जित्दा सिङ्गो नेपाली लोक संगीतले जित्ने उहाँको भनाई छ । ‘स्याङ्जामा धेरै अग्रज कलाकारहरु जन्मनुभएको छ, मैले हार्नु लोक संगीत प्रतिकै अपमान हो, त्यसैले पनि लोक संगीत प्रतिको स्याङ्जाको पहिचान जोगाउन मैले जित्नै पर्छ ।’ उहाँले भन्नुभयो, ‘कृपया यहाँहरुले मलाई माया हौसाला र भोट गरेर सहयोग गर्नुहोस ।’ नेपालकै सवै भन्दा ठुलो मौलिक रियलीटी सो नेपाल लोक स्टार प्रत्येक हप्ताको बिहिबार र शुक्रबार बेलुकी ८ः३० बजे एपिवान र रमाइलो टेलिभिजनमा आउने गर्दछ ।

Facebook Comments Box
TOP